सरकारले दण्डित गरिरहेका बेलामा चोलेन्द्रलाई राष्ट्रपतिले दिइन यति ठूलो पुरस्कार !

काठमाडौँ – संघिय संसद सचिवालयमा महाअभियोग दर्ता भएदेखि निलम्बनमा परेका सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार सर्वोच्च फर्किन जोडबल गरे । सांसदहरुको कार्यकाल सकिएकाले आफूमाथिको महाअभियोग प्रस्ताव निस्कृय भएको भन्दै जबरा सर्वोच्च प्रबेश गर्न खोजेका थिए ।

तर संघिय संसद सचिवालयले महाभियोग किनारा नलागेको भन्दै जबराको निलम्बन फुकुवा नभएको बताएपछि सरकारले जबरालाई नजरबन्दमा राख्यो । दिनभर उनको सरकारी निवासमा प्रहरीको बाक्लो उपस्थिति देखियो भने अदालतमा पनि प्रहरीले भरियो ।

जबराले सर्वोच्च प्रबेश गर्न जोडबल गरेपछि सरकारले दिदै आएको सुविधा खोसेको छ । आइतबार बेलुका सरकारले उनलाई सुरक्षाका लागि दिएको नेपाली सेनाको टुकुटी, व्यक्तिगत सुरक्षाका लागि खटिएका दुई जना पिएसओ, उनका सुरक्षाका लागि पछुवा गाडी र प्रहरी फिर्ता गरेको छ ।

सरकारले अनौपचारिक रुपमा सरकारी निवास छाड्न दवाव पनि दिएको छ । यसरी सरकारले दण्डित गरिरहेका बेलामा शितलनिवासबाट राष्ट्रपति विद्यादेवि भण्डारीले पुरस्कृत गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधिशकै हैसियतमा शितल निवासमा निम्ता दिएर पुरस्कृत गरेकी हुन् । यो बिषयले राजनीतिक वृतमा ठूलो तरंग ल्याएको छ ।

चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीशकै हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले निम्ता पठाएकी छन्। राणाको हैसियतका बिषयमा प्रश्न उठिरहेका बेला राष्ट्रपति भण्डारीको यो कदमले सबैलाई चकित पारेको छ।

चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ । प्रधानमन्त्री श‍ेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका बेला राष्ट्रपति भण्डारीले भने उनलाई प्रधानन्यायाधीशकै हैसियतमा संविधान दिवसको कार्यक्रममा निम्ता गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधान न्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्।

राणामाथिको महाअभियोग संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्।

उता सरकारले भने राणाका सबै सरकारी गाडीका सुविधासहित सेनालगायत सुरक्षाकर्मी फिर्ता लगिसकेको छ।राणाले आइतबार सर्वोच्च अदालत जाने तयारी गरेपछि सरकारले उनको निवासको बाहिरभित्र बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्दै उनलाई नजरबन्दमा राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...