काठमाडौँ – धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्क साम्पाङको चर्चा देशभर नै छन् । बालेनसंगको फेसबुक नोकझोक होस् नागरिकलाई उतारेर श्रमदान गरेका कारण उनी चर्चाको केन्द्रमा रहेका छन् ।
यस्तै, मेयर हर्क साम्पाङको यत्ति बेलाको चर्चा उनका लागि बनाइएको गीतका कारण चुलिएको छ । ‘सलाम हर्क साम्पाङ’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा चर्चित गायक गायिकाले स्वर दिएका छन् । जसको कारण पनि उनको चर्चा झनै चुलिएको छ ।
चर्चित गायक राजेश पायल राई र गायिका सशी किरातीले स्वर दिएका छन् । स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा जनप्रिय मेयर हर्क साम्पाङको बारेमा चर्चा गरिएको छ । भिडियोमा स्वयम् हर्क साम्पाङले गरेका कामको क्लिप राखिएको छ । भने गायक राई पनि देखिएका छन् ।
बुधवार सार्वजनिक भएको उक्त गीतले चर्चा बटुलिई रहेको छ । गीतलाई आफ्नो फेसबुकमा शेयर गर्दै साम्पाङले खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘जति धन्यवाद दिँदा पनि नपुग्ने कृति यहाँहरूको !’
गीतलाई आलोक चाम्लिङ राईले लेखेका हुन् । सङ्गीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । राजु कार्कीको मिक्स मास्टरमा बनेको गीतमा दिपा तामाङ, मनमा बि. राई, सुरेश राई र मनोजले कोरस आवाज दिएका छन् ।
हेर्नुहोस् भिडियो:






















