सार्वजानिक यातायातमा चढ्न माक्स अनिवार्य, माक्स नलाए के हुन्छ ? यस्तो छ प्रशासनको आदेश

काठमाडौँ –

को रो ना सं क्र म ण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जु लु स, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् ।

माघ ४ गते जारी आदेश अनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड

पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने बताइएको छ । माघ ७ गते पश्चात त्यस्ता कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिलाई उपस्थित हुन पाउने आदेशमा उल्लेख छ ।

त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गरिएको र सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले

प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्न आदेशमा भनिएको छ । चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने छ । त्यस्तै कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा

५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने पनि आदेशमा उल्लेख छ । त्यस्तै मास्क नलागाई आउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिन पनि आदेशमा भनिएको छ ।

प्रशासननले सार्वजनिक यातायातका साधनमा जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आदेश जारी गरे पनि त्यसको नियमित अनुगमन भने हुन सकेको छैन । सं क्र म ण तीव्र भइरहँदा पनि अहिले सार्वजनिक यातायातका साधनमा सिटभन्दा बढी यात्रु राख्ने गरेको पाइन्छ ।

यो पनि : पर्सामा पछिल्लो हप्तादेखि को रो ना सं क्र म ण दर निरन्त बढ्दै गएको छ। भारतसंग खुल्ला सीमा जोडिएको पर्सा जिल्लामा एकहप्ता यता निरन्तर सं क्र म ण दर ६० प्रतिशत भन्दाबढी नै देखिएको छ।

पर्सामा को रो ना को परिक्षण वीरगन्ज नाका र नारायणी अस्पतालगरी दुई स्थानमा हुँदै आएको छ। नारायणी अस्पतालको प्रयोगशालामा हुँदै आएको पीसीआर परिक्षणमा सं क्र म ण दर ६५ प्रतिशतभन्दा बढी नै रहेको प्रयोगशाला प्रमुख सुक्ष्मजीव विज्ञ डाक्टर प्रभाकर पाण्डले बताए। 

उनका अनुसार सोमबार बेलुकी मात्रै नारायणी अस्पतालको प्रयोगशालामा ५३ जनाको पीसीआर परिक्षण गर्दा ६८ प्रतिशतमा अर्थात ३६ जनामा सं क्र म ण पुष्टि भएको छ। 

यसअघि आइतबार बेलुकीपनि नारायणी अस्पतालकै प्रयोगशालामा ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० प्रतिशतमा अर्थात ३७ जनामा सं क्र म ण पुष्टि भएको थियो।

गत शुक्रबार पनि नारायणीकै प्रयोगशालमा ६४ जनाको परिक्षण गर्दा ६७ प्रतिशतमा अर्थात ४३ जनामा सं क्र म ण भेटिएको थियो। गत बिहीबार ४७ जनाको परिक्षण

गर्दा ६५ प्रतिशतमा अर्थात ३१ जनामा सं क्र म ण पुष्टि भएको थियो। गत बुधबार ९५ जनाको परिक्षणमा ५३ प्रतिशतमा अर्थात ५१ जनामा सं क्र म ण पुष्टि भएको थियो। 

गत बुधबार देखि सोमबार सम्मगरी अस्पतालमा ३ सय २१ जनाको पीसीआर परिक्षण गर्दा ६१ प्रतिशत अर्थात १९८ जनामा सं क्र म ण भेटिएको प्रयोगशाला प्रमुख

डाक्टर पाण्डेले जानकारी दिए। यस्तै भारतबाट प्रवेश गर्ने वीरगन्ज नाकास्थित हेल्थ डेस्कमा हुँदै आएको एन्टिजेन परिक्षणमा पनि सं क्र मि त हरुको संख्या ह्वात्तै बढेको छ। 

हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोका अनुसार नाकाको हेल्थ डेस्कमा पुष १५ सम्म दैनिक १÷२ जनामा मात्र सं क्र म ण भेटिने गरेका थिए। त्यसपिछ पुष मसान्तसम्म दैनिक औसतमा १५ जनामा सं क्र म ण देखिने गरेको थियो। 

तर माघ सुरुभए यता दैनिक औसतमा २५ जना सं क्र मि त भेटिने गरेको डाक्टर महत्तोले बताइन् । नाकामा मङगलबार दिउसोसम्म मात्रै ३०० जनाको एन्टिजेन परिक्षण गर्दा ३१ जनामा सं क्र म ण भेटिएको उनले बताइन्। 

यसअघि सोमबार ३०२ जनाको परिक्षण गर्दा ४४, आइतबार ३५८को परिक्षणमा ३० र माघ १ गते शनिबार ४५३ को परिक्षणगर्दा ३३ जनामा सं क्र म ण भेटिएको थियो। माघ १ देखि मङगलबार माघ ४ गते

मङगलबारसम्म १ हजार ४ सय १३ जनाको परिक्षण गर्दा ती मध्ये १ सय ३८ जनामा सं क्र म ण पुष्टि भएको डाक्टर महत्तोले बताइन्। त्यसअघि पुष महिनाभर नाकामा १५६ जनामा मात्र सं क्र म ण पुष्टि भएको उनले जानकारी दिइन्। 

स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सामा हाल सकृय सं क्र मि त को संख्या १ सय ९१ जना रहेको छ।  वीरगन्जमा भइरहेको परिक्षणमा पर्सा जिल्लाका साथै अन्य जिल्ला घर भएका र भारतीयहरुमा पनि सं क्र म ण पुष्टि भइरहेको छ। 

तर पर्साभन्दा बाहिर घर भएका सं क्र मि त को विवरण कार्यालयले नराख्ने गरेकोले जिल्लामा सकृय सं क्र मि त को संख्या कम देखिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए। 

उनका अनुसार सोमबार बेलुकीसम्म पर्सामा सकृय सं क्र मि त १ सय ९१ जना मात्रै रहेको र ती मध्ये १ सय ८७ जना होमआइशोलेनमा छन्। बाँकी ४ जना सं क्र मि त भने नारायणी अस्पतालमा उपचाररत छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...