काठमाडौं –
संस्कृति, पर्यटन तथानागरिक उड्यानमन्त्रि प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोडन रोक लगाइएको छ ।
क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हाल सम्म नतिरी माग्न लागेकाले मन्त्रि आले र मन्त्रालयका सचिव
महेश्वर न्यौपानेको निर्देशनमा १० बजे साउथ अमेरिका उडन लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमान स्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।
उनले ओसिपी एसियाको लगानीमा काठमाडौको लाजिम्पाट स्थिति सांगिूला होटल र भैरहवा स्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन् ।
बोल्सोेभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो रु ६ करोड ५० लाखका दरले २ क्यासिनोको रु १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो ।
मन्त्रि आलेको निर्देशनपछि सञ्चालनमा रहेको आठ क्यासिनो कम्पनीले कम्तीमा पनि रु ४० करोड सरकारको खातमा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने रु १३ करोड राजस्व नबुझाएको बताइएको छ ।
एसएचएल म्यानेजमेन्ट प्राइभ प्राईभेट लिमिटेडले तिलोत्तमा नगरपालिका ६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ ।
सर्वेच्च अदालतले समेत उक्त कप्नीलाई कुर्न कारोबार नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश विपरीत क्यासिनो र होटल स्रञ्चालन गर्दे आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोडदै गर्दा पक्राउ गरेका हुन् ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् ।
छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको
निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताएका हुन् । छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै
सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।
आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।






















