गगन थापाको राजनीति सकिदिने चे ता व नी, कस्ले दियो थापालाई यस्तो चे ता व नी ?

काठमाडौ –

भनिन्छ प्रेम र यु ‘द्धमा जे पनि जायज हुन्छ । त्यस्तै भयो नेपाली कांग्रेसमो १४औँ महाधिवेशनमा पनि ।

महाधिवेशन सुरु नहुँदै नेतृत्व परिवर्तनको नारा लगाएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले निर्वाचनको पहिलो चरण पुरा हुनासाथ आफ्नो नारा विर्सिए । अकस्मात शेरवहादुर देउवालाई समर्थन गर्ने निर्णय गरे ।

नेपाली कांग्रेसको नेतृत्व परिवर्तनको नारा नारामै मात्र सिमित भयो । तर महामन्त्रीमा भने देउवाले मन नपराएका दुई युुवा नेता निर्वाचित भए । अघिल्लो १३ औं महाधिवेशनमा कांग्रेस नेता कृष्ण सिटौलाले जुन तरिका अपनाएका थिए प्रकाशमानले पनि त्यही बाटो पछ्याए ।

अघिल्लो महाधिवेशनमै नेतृत्व परिवर्तनको नारा सिटौलाले लगाएका थिए । तर पहिलो निर्वाचनको परिणाम पछि सिटौलाले पनि अनपेक्षित रुपमा देउवालाई समर्थन गर्ने निर्णय गरे ।

तर १४ औं महाधिवेशन सम्म आइपुग्दा सिटौलाको गुट देउवामा समाहित भएको देखियो । अघिल्लो महाधिवेशन सम्म सिटौला पक्षमा रहेका गगनले पनि गुट परिवर्तन गरे ।

कांग्रेसमा प्रभावशाली मानिएका युवा नेता गगनले गुट परिवर्तन गरेकै कारण आफ्नो गुट कमजोर भएको सिटौलाको आँकलन थियो । त्यसैमा १४ औं महाधिवेशनमा आइपुग्दा सिटौलाको एउटै मिसन थियो महामन्त्रीमा युवानेता प्रदीप पौडेललाई जिताउने ।

जति उनी पौडेलको पक्षमा माहौल बनाउँदै थिए त्यो भन्दा बढी परिश्रम उनको गगनलाई हराउनमा थियो । गगनले गुट परिवर्तन गरेकै कारण आफ्नो समुह नै ति’तरवि’तर भएको आँकलन गरेका उनी गगनसंग ब’द’ला लिन चाहन्थे ।

सिटौलाले गगनलाई तीन महिनाअघि चे’ता’वनी दिएका थिए । १३ भदौमा जमलस्थित एलो प्यागोडा होटलमा सिटौला समूहको बैठक हुँदा गगन पनि उपस्थित थिए । त्यती बेला उनले गगनलाई आफ्नो कित्ता क्लियर गर्न चुनौती मात्र दिएनन् गुट परिवर्तन गरे राजनीति स’क्ने चे’तावनी पनि दिए ।

रामचन्द्र पौडेलको पक्षमा खुल्न लागेका गगनलाई त्यो दिन सिटौलाले चेतावनी दिँदै भने, ‘तिम्रो कारण मलाई निकै गाह्रो भएको छ । तिमीले आफ्नो पोजिसन क्लियर गर । ,

‘म रणनीतिकार पनि हो । एउटा रणनीतिकारले के–के गर्न सक्छ तिमीलाई पनि राम्ररी थाहा छ ।’ यो महाधिवेशनमा गगनविरु’द्ध उनले त्यही राजनीतिक रणकौशल देखाउने पर्यत्न गरेका थिए ।

तर गगनले उनलाई गतिलो जवाफ निर्वाचनको परिणामवाट फर्काए । महामन्त्रीको निर्वाचनमा सबै भन्दा बढी मत गगनले नै ल्याए । कुल ४ हजार ६८२ मत खसेकोमा थापाले ३ हजार २३ मत प्राप्त गरे ।

पौडेललाई महामन्त्री बनाउन सिटौलाले निकै मिहेनत गरे । सभापति शेरबहादुर देउवासँग समिकरण बनाए । यस क्रममा पौडेललाई उम्मेदवार बनाउन देउवाले हस्तीहरुलाई उम्मेदवार बन्नबाट रोके ।

बालकृष्ण खाँड, एनपी साउद, विश्वप्रकाश शर्मा जस्ता हस्तीहरु महामन्त्रीका दाबेदार थिए । सबैलाई पछि हटाए । शर्मा प्यानल परिवर्तन गरी प्रकाशमान सिंहको पक्षमा लागे । उनी विजयी भए ।

विगतमा सिटौलाको समूहमा रहेका गगन थापा शेखर कोइरालाको समूहमा गएर लोकप्रीय मतका साथ महामन्त्री जिते । तर, उनले अगाडि सारेका पौडेल पराजित भए ।

पौडेलको पराजयले सिटौला निकै कमजोर देखिएका छन् । देउवा पक्षभित्र यस विषयले ठूलै तरंग आएको छ । सिटौलालाई देउवा पक्षका कतिपय नेताले स्वीकारेका थिएनन् । असन्तुष्टिको परिणाम पौडेल पराजित भए । उनी मत परिणाममा चौंथो स्थानमा पुगे ।

पार्टीको आन्तरिक चुनावी प्रतिष्पर्धामा भाग नलिएपनि सिटौलाले पदाधिकारी र केन्द्रीय सदस्यमा निकटस्थलाई देउवा प्यानलमा राख्न सकेका थिए । तर, पौडेलको पराजयले उनीहरुको अवस्थाबारे समेत चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...