काठमाडौँ –
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा का र बा ही गर्ने चे ता व नी दिएका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उनले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताए ।
मन्त्री श्रेष्ठले ग ल त काममा संलग्न जोसुकै माथि राज्यले कानूनअनुसार का र बा ही को प्रक्रिया अघि बढाउने दृढता व्यक्त गर्दै वैदेशिक रोजगार सम्बन्धी बेथितिको अनुसन्धान र का र बा ही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको जानकारी गराए ।
उनले वैदेशिक रोगजारीमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवाला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चु नौ ती समाधान गर्न सकिने बताए ।
सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसङ्गति र गैरकानूनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी गठन गर्ने योजना रहेको बताए ।
यो पनि : अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारका विषयमा आफू न क रा त्म क रहेको भन्नेकुरा ग ल त भएको बताएका छन् ।
लगानीकर्ताको एक समूहसँगको भेटमा अर्थमन्त्री शर्माले आफूले बजार घटाउने र बढाउने भन्ने खेलमा कहिले नलाग्ने भन्दै नआत्तिन र अफवाहका पछाडि नलाग्न आग्रह गरेका छन् ।
अर्थमन्त्री शर्माले लगानीकर्ताहरुले उठाएका सकारात्मक मागहरु पुरा गर्न आफू लागि पर्ने भन्दै ग ल त कुराका पछाडि नलाग्न आग्रह गरे ।
बजार घटाउन वा बढाउन आफूले कहिले पनि कुनै किसिमको भूमिका नखेलेको भन्दै अर्थमन्त्री शर्माले यसबारे बुझ्न लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।
अर्थमन्त्रीलाई भेट्न दिउसो १ बजे नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता हरि ढकाल, तिलक कोइराला लगायतका आधा दर्जन बढी लगानीकर्ताहरु सिंहदरबार पुगेका थिए ।
भेटपछि प्रतिक्रिया दिँदै महासंघका केन्द्रीय सदस्य पौडेलले अर्थमन्त्रीले लगानीकर्ताहरुको मागको विषयमा चासो राखेको बताए ।
‘शेयर बजारका विषयमा मन्त्री ज्यू एकदमै सकारात्मक हुनुहुन्छ, उहाँले हाम्रा सम’स्याहरु बुझ्नु भयो र सम’स्या समाधानका लागि आवश्यक सहयोग गर्ने समेत बताउनु भएको छ,’
पौडेलले भने, ‘कतिपय विषयहरु सम्वोधन गर्न धितोपत्र बोर्ड र नेप्सेको प्रमुख नहुँदा सम’स्या भएको भन्दै यस विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको मन्त्री ज्यूले बताउनु भएको छ ।’
यस अघि सोमबार पनि अर्थमन्त्री शर्माले सार्वजनिक मञ्चबाटै शेयर बजारका विषयमा आफूलाई गलत तरिकाले जोडिएको बताएका थिए । आफूले बजार घटाउने काम नगरेको भन्दै उनले अहिले बजारमा देखिएका सम’स्याहरु समाधान गर्न विज्ञसँग छलफल भइरहेको बताएका थिए ।






















