काठमाडौं उपत्यकामै पुगि सामाजिक सुरक्षा भत्ता नविकरण गर्दै तेमाल गाउँपालिका !

काभ्रे – तेमाल गाउँपालिकाले हाल काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका आफ्ना गाउँपालिकावासी वृद्धवृद्धाहरुका लागि सामाजिक सुरक्षा भत्ता नविकरणको सुविधा उपत्यकामै पुगि प्रदान गर्ने भएको छ ।

वडामा आफैं उपस्थित भइ सेवा लिन कठिन हुने वृद्धवृद्धाहरुका लागि मिति २०८२ साल श्रावण १० गतेदेखि काठमाडौं उपत्यकामा सामाजिक सुरक्षा भत्ता नविकरण तथा अन्य आवश्यक सेवा प्रदान गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष चन्द्र लामाले जानकारी दिनुभएको छ ।

तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले हस्ताक्षर गरि एक सूचना जारि गर्दै काठमाडौं उपत्याकामा बसोबास गर्दै आएका वृद्धवृद्धालाई यो अवसरको लाभ लिन आग्रह गरिएको छ ।

गाउँपालिकाले जारि गरिएको सुचनामा साउन १० गतेदेखि १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउमा सेवा लिन सकिनेछ । सेवा बिहान ८ बजे देखि दिउसो ३ बजेसम्म लिन सकिनेछ ।

भदौ १० गते कुमारीगाल काठमाडौं, भदौ ११ गते बौद्ध नयाँबस्ति, भदौ १२ गते कपन काठमाडौं, भदौ १४ गते स्वयम्बु काठमाडौं, भदौ १५ गते कोटेश्वर महादेव मन्दिर, भदौ १६ गते सुर्यविनायक भक्तपुर र भदौ १७ गते बनेपा काभ्रेमा सामाजिक सुरक्षा भत्ता नविकरणको सुविधा लिन सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...