काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५६ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ३ हजार २ सय ५९ जनाको पिसिआर र ३ हजार १ सय २५ जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ५६ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ५ सय १८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ५ सय १८ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।
थपिएसँगै नेपालमा को’रोना संक्र’मितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्र’मणमु’क्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्र’मितको संख्या ८ हजार ८९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
को’रोनाका बि’रामीमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा को’रोना संक्र’मण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना को’रोना संक्र’मित थपिएका छन् ।
कुन जिल्लामा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १9/१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।























