रुपन्देहीमा तीजको दर खाएका ३१ जना बिरामी, चार जना अस्पताल भर्ना

काठमाडौं – रुपन्देहीको देवदहमा तीजको दर खाएका ३१ जना बिरामी परेका छन् । देवदह नगरपालिका–६ शिवालय टोलको सहारा आमा समूहले ५ गते बिहीवार दर खाने कार्यक्रम आयोजना गरेको थियो ।

दर खाएका ३५ जनामध्ये ३१ जनालाई ६ गते बेलुकादेखि बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएको थियो । ३१ जनामध्ये पाँच जनाले घरमै औषधि ल्याएर खाएका र अरुले नजिकैको क्लिनिक तथा अस्पतालमा गरेर उपचार गराएका देवदह नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष खेमबहादुर मगरले उज्यालोलाई जानकारी दिनुभयो  ।

धेरैजसो बिरामी निको हुँदै गए पनि चार जनालाई भने देवदह मेडिकल कलेजमा भर्ना गरेर उपचार गराउनु परेको उहाँले बताउनुभयो । दरमा ब्रोइलर कुखुरा र खसीको मासु, तरकारी, अचार, भात लगायतको प्रयोग भएको उहाँले बताउनुभयो ।

दाल, चामल, मरमसला लगायतका खाद्यान्नका प्याकेटमा हेर्दा मिति गुज्रिएको नदेखिएको र महिला समूहकै सदस्यहरुले खाना पकाएकाले कसरी समस्या देखियो भन्नेबारे कुनै थाहा नभएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...