भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलङ्काको सानदार जित !

काठमाडौं – श्रीलङ्कामा भएको दोस्रो एकदिवसीय क्रिकेटमा भारत घरेलु टोलीसँग पराजित भएको छ ।

कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा हिजो भएको खेलमा श्रीलङ्का भारतसँग ३२ रनले विजयी भएको हो । जितसँगै श्रीलङकाले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

यसअघि गएको शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । हिजोको खेलमा श्रीलङ्काले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर २ बलमा अल आउट हुँदै २ सय ८ रन मात्र बनायो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट पर्सि बुधवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...