आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल र क्यानडा भिड्दै !

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । क्यानडा भ्रमणमा रहेको नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

किङ् सिटी स्टेडियममा हुने नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । गत फेब्रुअरी अन्तिम साता कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्डसँग लिग–२ कै ओडीआई सिरिजमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

क्यानडामा नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । एसोसियट टोली मध्येको शीर्ष टोली बन्न नेपालले होम ग्राउन्डका मात्रै नभएर अवेका खेलहरु पनि जित्नु आवश्यक छ ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-२ कै एक दिवसीय खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । उक्त घरेलु सिरिजका ४ मध्ये नेपालले ३ खेल गुमाएको थियो। तर नेपाललाई यस पटक उक्त गल्ती दोहोर्‍याउने अवसर हुने छैन । लिग -२ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यसै सिरिजका लागि भारतको बैंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो । प्रशिक्षक मोन्टी देशाइले नेपालको तयारी राम्रो रहेको र राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका छन् । नेपाल र क्यानडाले हालसम्म एक अर्काविरुद्ध ३ ओडीआई खेल खेलेका छन् । जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...