सोमपालको कप्तानीमा नेपाली टोली ब्याटिङ गर्दै

काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा टस हारेको छ ।

श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा नेपालका कप्तान सोमपाल कामीले टस हारेर ब्याटिङको निम्तो पाएका हुन् ।डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

१६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका गएको हो । नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी गर्दैछन् । रोहित र दीपेन्द्र सिंह ऐरी हाल क्यानडा छन्।‌

देव खनाल, सन्दीप लामिछाने, रिजन ढकाल, भीम सार्की र अर्जुन साउद पनि यो खेलमा खेल्ने छैनन् । उनीहरु अमेरिकाको भिसा प्रक्रियाका लागि नेपालमै रहेका छन् ।

नेपाली क्रिकेट टोली

आसिफ सेख, अनिल कुमार साह, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के सी, गुलशन झा, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...