विश्वकप लिग-२ : नेपाल र स्कटल्याण्ड भिड्दै !

काठमाडौं – आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

पहिलो दुई खेलमा उच्च नतिजा निकालेका कारण नेपाल फेरि अर्को त्यस्तै नतिजा ल्याउनेमा विश्वस्त छ  ।यसअघिका खेलमा शृङ्खलाको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकाले नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

उता सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्ड नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ । सिरिजको दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पाखा लगाएको थियो ।

जारी सिरिजमा स्कटल्यान्डले एक खेलमा जित र एक खेलमा हार भोगेको छ। स्कटल्यान्डले नेदरल्यान्डलाई भने ४४ रनले हराएको थियो। सिरिजमा नेदरल्यान्डसले जितको स्वाद लिन पाएको छैन ।

लिग–२ त्रिकोणात्मक सिरिजको १४ खेलमध्ये चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

लिगको १८ खेलमध्य १० खेलमा जित, ६ खेलका हार र २ खेलमा अंक बाँडेको स्कटल्यान्ड २२ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

भिडियो सहित हेर्न यो लिंकमा जानुहोस : https://www.icc-cricket.com/videos/nepal-v-scotland-1st-innings

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...