काठमाडौं– दक्षिण ढोका उत्थान युवा क्लबको आयोजनामा वडा अध्यक्ष कप फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
गोकर्णश्वर नगारपालिका वडा नं.४ मनाकामना फुटसल ग्राउन्डमा उदघाटन भएको कार्यक्रममा प्रमुख अथिति गोकर्णेश्वर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष केशव गुरुङ तथा विशेष अथिति कागेश्वरी मनोहरा वडा नं. २ का वडाअध्यक्ष सुरज खडकाको उपस्थितिमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।
फुटसल प्रतियोगिता उदघाटन गर्ने क्रममा प्रमुख अथिति गुरुङले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
सो प्रतियोगितालाई भव्यताको साथ उदघाटन गर्ने क्रममा वडा नं. ७ का वडासदस्य गंगा प्रसाद खतिवडा, मिरा श्रेष्ठ, वडा नं. ५ का श्री बहादुर योगी, खेलकुद संयोजक सञ्जय लामा, फुटबल संयोजक विकास राई र विभिन्न क्लब संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ्गले खेलकुद क्षेत्रको बिकास र दक्ष खेलाडी उत्पादन गर्दै वडा र नगरपालिकालाई खेलकूदको हबको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
“खेल स्वास्थ्यको लागि खेलाडी राष्ट्रको लागि” भन्ने मूल नाराका साथ आयोजित फुटसल प्रतियोगिता खेलाडीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजार गर्नु आफूहरुको उद्देश्य रहेको दक्षिणढोका उत्थान युवा क्लबका अध्यक्ष राजेश जिम्बाले बताउनु भएको छ साथै जिम्बाले ‘यो प्रतियोगिता मार्फत देशका लागि उत्कृष्ट खेलाडीहरु समेत जन्माउने लक्ष्य रहेको बताउनु भएको हो ।
साथै जिम्बाले सहभागिता रहेको टिमहरुले खेल जित्नुमात्र नभई फुटसल विकासका साथै भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताउनु भएको छ ।
प्रतियोगितामा विजेता हुने टीमले नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले पनि नगद सहित ट्रफि र सम्मानपत्र पाउने दक्षिण ढोका उत्थान युवा क्लबा अध्यक्ष जिम्बाले जानकारी दिनुभएको छ साथै प्रतियोगितमा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले ट्रफि पाउने छन् ।
उद्घाटन खेलमा दक्षिण ढोका र हेलिङ होमले प्रतिस्पर्धा गरेका छन् । सो खेलमा दक्षिण ढोकालाई हेलिङ होमले ०-४ गोल अन्तरले पराजित गर्न सफल भएको छ।
प्रतियोगितामा हेलिङ होम,एकता समूह, नमूना चोक,नयाँबस्ती एफ.सि,साँखु एफ.सि, सि.अर.सि क्लब , बागमती युवा समाज,दक्षिण ढोका उत्थान युवा क्लव क्वाटर फाइनलमा पुग्न सफल भएको छ ।