तेमालमा प्रथम खुल्ला अध्यक्ष कप प्रतियोगिता सम्पन्न !

काभ्रे – तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता–२०८१’ सम्पन्न भएको छ ।

फागुन ७ गतेदेखि आइतबार सम्म सञ्चालन भएको सो प्रतियोगिता आयोजक टिमलाई तेमाल गाउपालिकालाई पराजित गर्देै वडा नं ७ ले उपाधी आफ्नो पोल्टमा पार्न सफल भएको हो ।

१८ वटा टीम सहभागी भएको सो प्रतियोगितामा वडा नं २ को लामाखोर समाजको टिम तेस्रो भयो भने वडा नं १ को खाँडादेवि युवा क्लब चौथो भएको छ ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले अनुशासित, शान्तिपूर्ण र उत्साहपूर्वक भाग लिएकोमा सबै खेलाडीहरुलाई विशेष धन्यवाद दिनुभएको छ साथै अध्यक्ष तामाङले खेलकुद विकासमा गाउँपालिकाले पहल गरिरहेको बताउँदै आगामी दिनहरुमा खेलकुद क्षेत्रलाई अगाडी बढाउन विशेष योजना बनाउने बताउनु भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख पच्चीस हजार रुपैयाँ, द्वितीय हुने टिमलाई पचहत्तर हजार, तृतीय हुने टिमले पचास हजार रुपैयाँ र चौथो हुने टिमले पच्चीस हजार रूपैयाँ नगद सहित मेडल र ट्रफी प्राप्त गरेका छन् ।

समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ, वडा अध्यक्षहरु, कर्मचारीहरु, खेलाडीहरु, स्थानीयहरुको सहभागीता थियो ।

अध्यक्ष कप भलिवल प्रतियोगिताको औपचारिक समारोहका बीच बागमती प्रदेश सरकारका पूर्व खानेपानी उर्जा तथा सिञ्चाईं मन्त्री एवं बागमती प्रदेशसभा सदस्य तिर्थ बहादुर लामाले दिप प्रज्वलन र खेलाडीहरुलाई भलिवल पास परेर शुभारम्भ गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...