दक्षिणढोका उत्थान युवा क्लबको आयोजनमा भएको फुटसल प्रतियोगिता सम्पन्न !

काठमाडौं– दक्षिणढोका उत्थान युवा क्लबको आयोजन तथा गोकर्णश्वर नगरापलिकाको प्रयोजनमा भएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

बैशाख ४ गतेबाट गोकर्णश्वर नगरपालिका वडा नं. ४ मनाकामना फुटसल ग्राउन्डमा आयोजना भएको प्रतियोगिता आज बैशाख ७ गते सम्पन्न भएको हो ।

फुटसल प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अथिति गोकर्णश्वर नगरपालिका मेयर दिपक कुमार रिसालले गोकर्णश्वर नगरपालिकाले खेलकुद क्षेत्रको वकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको र आगामि दिनमा पनि खेल र खेलाडीको विकासको लागि विभिन्न कार्यक्रम ल्याउने बताउनुभएको छ ।

दक्षिणढोका उत्थान युवा क्लबको आयोजना गरिएको उक्त प्रतियोगितमा फाईनलमा दक्षिणढोका नमुनाचोक र बागमति युवा समाज एक आपसमा खेलदा दक्षिणढोका नमुना चोक प्रथम हुन सफल भएको छ । यस्तै बागमति युवा समाज द्धितिय र सि.आर.सि क्लब नारयणटार तृतिय हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुने टिमलाई नगद,ट्रफि र सम्मानपत्र सहित पुरुस्कृत गरिएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी रञ्जन थापा, गोलकिपर चन्द्र श्रेष्ठलाई ट्रफि र सम्मानपत्रद्धारा पुरुस्कृत गरिएको छ । साथै विश्व ज्योतिष महासंघका सचिव युवा ज्योतिष आशिष सिंखडालाई पनि सम्मान गरिएको छ ।

फुटसल प्रतियोगितालाई भव्यताको साथ सम्पन्न गर्नका लागि गोकर्णश्वर नगरपालिकाको उपमेयर सन्नानी लामा,वडा नं. ७ का वडाअध्यक्ष केशव गुरुङ, कागेश्वर नगरपालिका वडा नं. २ का सुरज खडका, वडा सदस्यहरु पि.एस दाहाल, गंगा प्रसाद खतिवडा, मिरा श्रेष्ठ, खेलकुद संयोजक सञ्जय लामा, समाजसेवी तथा पुर्वखेलाडी विकास राई लगायत दर्शकहरुको बाग्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...