काठमाडौं –
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी अफ्रिकी राष्ट्र मरिसस विरू’द्धको मैत्रीपूर्ण खेलमा नेपालले १-० गोल अन्तरले जित हासिल गरेको छ।
विमल घर्ति मगरले खेलको दोस्रो हाफको ५५औं मिनेटमा गोल गरेका हुन्। त्यसअघि प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरूद्ध पहिलो रोजाइका खेलाडीलाई मैदान
उतारे पनि पहिलो हाफमा नेपाली टोली मैदानको मध्य भागमै रूम्लिएको थियो। यस्तै, मरिससको टोलीले पनि नेपाली पोस्टमा लोभलाग्दा प्रहार गर्न सकेन।
खेलको तेस्रो मिनेटमै नेपालले अग्रता लिने मौका पाएको थियो। तर, सुनिल बलले करिब २० यार्डबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। उनको प्रहार फ्रेममाथिबाट बाहिरिएको थियो।
यस्तै १३औं मिनेटमा सुमान लामाले अर्को मौका खेर फाले। डिबक्स बाहिरबाट गरेको प्रहार आकासिएको थियो।
यस्तै पहिलो हाफको अतिरिक्त समयमा अन्जन विष्टले ‘वान भर्सेज वान’मा गोल गर्ने मौका गुमाएका थिए।
यस्तै मिडफिल्डर सुदीप गुरुङले राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् ।
शनिबार नेपाल र मरिससबीचको मैत्रीपूर्ण खेलमा उनले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्न पाएका हुन् ।
सातदाेबाटो युथ क्लबका सुदीप सुरजज्यू ठकुरीकाे स्थानमा ८५ औं मिनेटमा मदान प्रवेश गरेका हुन् । लिगमा राम्राे प्रदर्शन गरेका सुदीप पहिलाे पटक बन्द प्रशिक्षणमा पर्दै राष्ट्रिय टिममा समावेश भएका हुन् ।
























