आश्चार्य पार्दै वामदेव गौतमलाई हराएका सञ्जयले ४ वर्षपछि खुलाए चुनाव जित्नुको रहस्य !

काठमाडौं – 

नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले आफूले २०७४ सालको चुनावमा वामदेव गौतमलाई हराउन सक्नुको रहस्य खुलाएका छन् ।

मंगलबार काँग्रेस नेता शंकर तिवारीको पुस्तक ‘कसले सुर्धाछ काँग्रेस’ पुस्तकको विमोचन समारोहमा पुस्तकमाथि टिप्पणी गर्दै उनले आफूले चुनाव जित्नुको रहस्य सुनाएका हुन् ।

उनले वामदेव गौतमभन्दा ३२ हजार भोटले पछि परेको स्थानमा आफूले चुनाव जित्नेमा कसैलाई पनि विश्वास नभएको बताउँदै काँग्रेसका नेता कार्यकर्ताले पनि आफूले चुनाव जित्ने पत्तो नपाएका कारण विजयी हुन सफल भएको बताए ।

उनले केही पहिले हेटौंडामा भएको जिल्ला सभापतिहरूको भेलामा आफूले चुनाव जित्नुको रहस्य सुनाएको स्मरण गर्दै भने, ‘काँग्रेसका तपाईं साथीहरुले म चुनाव जित्दैछु भन्ने पत्तै पाउनुभएन, त्यही भएर मैले चुनाव जितेको हुँ ।

यदि तपाईहरुले पहिले नै मैले चुनाव जित्दैछु भन्ने थाहा पाउनु भएको भए मैले हार्ने थिएँ । हामीलाई अरुले हराउने भन्दापनि हाम्रै साथीहरुका कारण चुनाव हार्नुपरेको अवस्था छ । हामीले हाम्रै पार्टीभित्रको विकृतिका कारण चुनाव हारिरहेका छौँ ।’

उनले आफूले चुनाव जित्ने संकेत पाएको भए कांग्रेसकै भोट नपाउने अवस्था सिर्जना हुने बताउँदै काँग्रेसको विरुद्धमा काँग्रेस नै लाग्ने गरेका कारण धेरै स्थानमा काँग्रेसका उम्मेदवार पराजित हुने गरेको बताए ।

सांसद गौतमले चुनावमा टिकट पाउने बेला आफू मन्त्री पदमा भएका कारण पार्टीबाट कुनै आर्थिक सहयोग नपाएको गुनासो समेत छन् ।

उनले भने, ‘चुनाव नजिक आइसकेको थियो, बालुवाटारबाट सांसदको टिकट बाँडियो । अरुले टिकटसँगै चुनाव ल’ड्न पार्टीबाट पैसाको मुठोपनि पाए मैले टिकट मात्र पाएँ ।

मलाई चाहिँ खै भन्दा तँ त मन्त्री छस् नि भनियो । हुन त म मन्त्री हुँ तर खल्तीमा पैसा छैन । प्रधानमन्त्रीलाई भन्नुप¥यो भने भेटेर भनेँ, वामदेव गौतमसँग चुनाव ल’ड्नुछ, मसँग त पैसा छैन । चुनाव ल’ड्न बाउबाजेले जोडेको जग्गा बेच्न पनि भएन । तँ त मन्त्री छस् नि भनियो ।

मन्त्री हुँदैमा पैसाको समस्या नहुने हो र ? पार्टीमा यस्तो मानसिकता छ ।’ उनले मन्त्री हुने भनेको पैसा कमाउनका लागि कि समाज सुधारका लागि भन्दै प्रश्न पनि गरे ।

उनले पार्टीका नेताको सोचाई, मानसिकता समाज सुधार तर्फ नभएको गुनासो गर्दै कुनैपनि विषय बस्तुलाई हेर्ने स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताए ।

उनले समातामुलक समाज बनाउने काँग्रेसको उद्देश्य रहेको बताउँदै पार्टीका नेता कार्यकर्ताको बिचार मानसिकता अर्कै बाटोतर्फ मोडिएकोमा चिन्ता व्यक्त गरे ।

उनले काँग्रेसलाई सुधार गर्नुपर्ने बताउँदै यथास्थितिमा बसेर काँग्रेसले देशको मुहार फेर्न नसक्ने बताउँदै अप्ठ्याराहरुलाई पार गर्दै कांग्रेसको नयाँ बिचारको सिंहवलोकन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले लेखक तिवारीको पुस्तकले पनि कांग्रेसलाई अगाडि बढाउन विचार तथा बाटो निर्माणको संकेत गरेको उल्लेख गरे । बर्दिया क्षेत्र नम्बर १ बाट २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस सांसद गौतमले वामदेव गौतमलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...