काठमाडौं –
क्रिकेटर कविता गौतमलाई क्रिकेट खेलाडी संघ नेपालले आर्थिक सहयोग गर्ने भएको छ ।
चो’टका कारण मैदान बाहिर रहेकी उनलाई एक लाख आर्थिक सहयोग गर्ने संघले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।
‘महिला क्रिकेट खेलाडी कविता गौतमको जीवन काहानी र चो’टका विषयमा पछिल्लो समयमा सामाजिक सञ्जालबाट प्राप्त समाचारप्रति ध्यानाकर्षण भएको छ। कविता गौतमको उपचारका लागि संघको तर्फबाट रु. एक लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराउदछौं ।
यसका साथै निजको उपचारका लागि अस्पताल र चिकित्सकहरुसँग क्रिकेट खेलाडी संघ नेपालले आवश्यक परामर्श र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
गत बर्ष भएको कपका दौरान कविताको घुडामा चो’ट लागेपछि मैदान बाहिर रहदै आएकी छिन् । एक युट्युब च्यानलमा आएको डकुमेन्टरीमा चो’टग्र’स्त कवितालाई उपचारमा कठिनाई भइरहेको जानकारी प्राप्त भएपछि उनको लागि सहयोग रकम संचालन अभियानहरु शुरु भएका हुन् ।
सिप्यानले यसै सन्दर्भमा परिवारको आर्थिक अव’स्था क’मजो’र रहेको कवितालाई सहयोग गर्ने भएको कविताका लागि नेपाली क्रिकेट समर्थक समाजले पनि रकम संकलन गर्ने अभियान शुरु गरिसकेको छ ।
कविता किर्तिपुरमा भएको उमेन्स च्याम्पियन्स लिग प्रतियोगितामा बिजेता टोली चितवन राइनोजका लागि उत्कृष्ट बलर घोषित भएकी थिईन् ।
























