साङतोक पालरी कृषि सहकारी संस्था लिमिटेडको १३ औं साधारणसभा सम्पन्न

काभ्रे – श्री साङतोक पालरी कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर र विशिष्ट अतिथि खानीखोला गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको उपस्थितिमा सम्पन्न भएको हो ।

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नंं ७ कार्य क्षेत्र बनाई विगत १३ वर्षदेखि कृषकलाई सहकारी सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको साङतोक पालरी कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका कोषाध्यक्ष सुदिन गोलेले जानकारी दिएका छन् ।

साधारण सभालाई सम्बोधन गर्ने क्रममा खानीखोला गाउँपालिकाको प्रमुख ईन्द्र बहादुर थिङ र उपप्रमुख दोर्जेमान जिम्बाले संस्थाका लागि भवन निर्माणका लागि आवश्यक आर्थिक बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् ।

खानीखोला वडा नं ७ का वडाबासीलाई विशेष सेवा दिदै आएको यस सहकारीको पक्की भवन नभएको जानकारी गराउदै यसै वडाको वडा सदस्य रोहण रुम्बाले यस संस्थाको लागि पक्की भवन आवश्यक रहेको हुँदा उक्त भवनको लागि पालिका प्रमुख र उपप्रमुखसँग बजेट माग गरेका थिए ।

संस्थाले सर्वोत्कृष्ट अनुशासित शेयर सदस्य श्री बिष्णु माया घिसिङलाई नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

साधारण सभामा वडा सदस्यहरु रोहण रुम्बा, चिर्मो माया घिसिङ र खुकु माया बि.क को उपस्थिति रहेको थियो । यस्तै समाजसेवी ओम बहादुर घ्याबा, बिर बहादुर घिसिङ र लोक बहादुर घलानको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य संस्थाका कार्यसमिति सदस्य श्री नेत्रविक्रम प्रधान, लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत संस्थाका आर्थिक संयोजक श्री भुपेन्द्र दर्लामीले गरेका थिए । उक्त साधारण सभामा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लोक बहादुर स्याङतानको सयोजकत्वमा रहेको थियो ।

बार्षिक साधारण सभालाई भव्य रुपमा समापन गर्ने क्रममा विभिन्न बिध्यालयबाट शिक्षकहरुको उपस्थिति रहनुको साथै साधारण सभामा स्थानिय कलाकारहरुको नृत्य प्रस्तुति र गितबाट मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...