लोकप्रिय वडाअध्यक्ष जिम्बाको खुलेरै तारिफ गर्दै चुनावी प्रतिस्पर्धी एवं पुर्व वडाअध्यक्ष लुङ्गेली !

काभ्रे – काभ्रेको कर्णाली भनेर चिनिने खानीखोला गाउँपालिका-३ का वडा अध्यक्ष सागर लामा जिम्बाले खानीखोलाको अवस्थालाई रुपान्तरण गर्न सबै राजनितिक दल मिल्नुको विकल्प नभएको बताउनु भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सबै एकजुट भइ राजनितिक दलको आस्था आ-आफ्नो ठाउमा छँदैछ तर खानीखोला निर्माणमा एउटै मत एउटै भावना एउटै मन गरि लाग्न आग्रह गरेका छन् । उनले लेखेका छन् :

प्रिय खानीखोलाबासीहरु,

काभ्रे जिल्लाको १३ वटा स्थानिय तहहरु मध्ये सबै भन्दा पिछडिएको दुर्गम क्षेत्र खानीखोला गाउपालिका हो । यस ठाउलाई डाँडापारी नामले चिनिन्छ । यस क्षेत्रमा मानव बसोबासको ईतिहास डेढ दुई सय बर्षको पेरिफेरिमा भएको देखिन्छ । मुख्यत जङ्ग बहादुर राणाको उदय भए पछि हो । यस क्षेत्रमा आज तपाईं हामी जो जति समुदायहरु छन कोहीको ७ पुस्ता बिते कोहीका ५ पुस्ता कोहीका ३ पुस्ता बितेका छन । र हाम्रा ती सबैका पुर्खाहरु हामीले सत्य बोल्नै पर्छ सबै दुख पाएर सुगम स्थानमा स्थापित हुन नसकेर विस्थापित भई यो नौ डाँडापारीको दुर्गम स्थानमा खोरे फाडेर बस्न आएकाहरु हुन र हामी सबै तिनै गरिब दुखीको सन्तानहरु हौ ।

प्रिय खानीखोलाबासीहरु,

खानीखोला विकास भईसकेको छैन । खानीखोलामा विकासको पहिलो पुर्वाधार पनि राम्रो बनिसकेको छैन । सडकको अवस्था दयनिय छ । खानेपानीको सुविधा सबै वस्तिमा पुगिसकेको छैन । शिक्षामा निकै पिछडिएको छ । सुविधा सम्पन्न अस्पताल बनिसकेको छैन । सन्चार नेटवर्कको ठुलै समस्या यथावत नै छ । केन्द्रीय विद्युत लाईन भरखर शुरु भईरहेको अवस्थामा छ । अशिक्षा बेरोजगार र गरिबिले थलिएको छ । खानीखोलाको यो अवस्थालाई रुपान्तरण गर्न सबै राजनितिक दल मिल्नुको विकल्प छैन । यहाँ कसैले कसैलाई सामन्तीको उपमा दिएर वर्ग दुश्मनमा परिभाषित गर्नु छैन । यहाँ कोही सामन्ती छैनन कोही दुश्मन छैनन । खानीखोलाको दुश्मन छ त केवल अशिक्षा गरिबी बेरोजगारी र भौगोलिक विकतता मात्र हुन ।

२०७४ को पहिलो निर्वाचित स्थानिय सरकारले केही सकरात्मक पुर्वाधारहरु निर्माण गरेका छन । हालको दोश्रो स्थानिय सरकारले हामी बनाउछौ हाम्रो खानीखोला नारा अगाडि सारेर विकासमा निकास खोज्ने प्रयत्न गरेका छन । यसकारण सबै एकजुट हौ राजनितिक दलको आस्था आ आफ्नो ठाउमा छँदैछ तर खानीखोला निर्माणमा एउटै मत एउटै भावना एउटै मन गरि लागौ । हामी सबैको साझा समस्यासँग लडौ । कसैले कसैप्रति आरोप प्रत्यारोप गर्न छोडौ बरु आ-आफ्नो कमि कमजोरीलाई आत्मसाथ गरि लचकता अपनाई निकासमा लागौ । जनप्रतिनिधिहरुले अभिभावकत्वको भुमिका निर्वाह गरि सबै पक्षसँग समन्वय गरौ र सबै राजनितिक दलका जिम्मेवार ब्यक्तित्वहरुले सरकारलाई साथ दिउ । यसैमा खानीखोला र खानीखोलाको जनताको भविष्य छ ।

जय खानीखोला
सागर लामा जिम्बा
वडाध्यक्ष खानीखोला गापा – ३

 

यसरी सामाजिक सञ्जालमा लोकप्रिय वडाअध्यक्ष जिम्बाको स्टाटस सेयर भएपछि नेकपा एमालेबाट निर्वाचित पुर्व वडाअध्यक्ष तथा चुनावी प्रतिस्पर्धी जय बहादु्र लुङ्गेली मगरले पनि वडा अध्यक्ष सागर जिम्बाको उक्त स्टाटस सेयर गर्दै  जिम्बालाई प्रसंशा सहित विशेष धन्यवाद दिएका छन् ।

उनले वडाअध्यक्ष जिम्बाको बिचारलाई समर्थन गर्दै यस्तो विचार खानीखाेला गाउँपालिकालाई मात्र नभइ नेपाल राष्ट्रकाे लागि पनि आवश्यक रहेको लेख्नुभएको छ ।

यसरी सरकारमा रहेको दल र विपक्षमा रहेको दलहरुका साथै सबै सहकार्य मार्फत अघि बढ्यो भने मात्रै खानीखोलाको विकास सम्भव छ भन्ने एउटा गतिलो उदाहरण हो यो ।

यसरी आफ्नै प्रतिस्पर्धी वडाअध्यक्ष तथा विपक्ष दलमा रहेर पनि खुलेरै वडाअध्यक्षको प्रशंसा गर्नु दुर्लब जस्तै रहेको छ । विपक्षमा रहेर पनि प्रशंसा गर्ने गरेको हामीले कमै मात्रामा सुन्ने र देख्ने गरेका छौ ।

फोटो : चुनावी प्रचार प्रसारको क्रममा भएको भेटमा खिचिएको तस्बिर

 

फोटो : निर्वाचित भईसकेपछि वडाअध्यक्ष जिम्बालाई बधाई तथा कार्यभार हस्तान्तरण गर्दै वडा कार्यलयमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...