काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सफारिस गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने छन् । यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने छन् ।
साउन १७ गते देखि २३ गते सम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।
यस्तै सेमिफानलमा इरानलाई पराजित गरि फानल पुगेको नेपाली टिम भारतसँग पराजित हुदाँ उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।