काभा भलिबल नेसन्स लिगमा माल्दिभ्समाथि नेपालको जित !

काठमाडौं – काभा भलिबल नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९ र २५-१८ ले पराजित गरेको हो ।

पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो । दोस्रो सेटमा भने नेपालले बेन्चमा रहेका खेलाडीलाई मौका दियो ।

दोस्रो सेटमा भने नेपाललाई ५–५ को बराबरीसम्म टक्कर दिएको थियो । दोस्रो सेटमा १३ बराबरीसम्म पुर्‍याएको थियो । तेस्रो सेटको सुरुवातमा केहीबेर माल्दिभ्सले प्रतिस्पर्धा गरे पनि पछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।

सेमिफाइनल खेल मंगलबार हुनेछ । पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...