काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
८२ वर्षीय आचार्यको सोमबार भएको हो । घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको जनाइएको छ ।
४ सयजति गित गाएका आचर्यका मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुद्धका आँखा लगायतका चर्चित गित छन् । वि.सं. १९९९ असोज १६ गते जन्मेका आचार्य धनकुटामा जन्मिएका भजन शिरोमणि आचार्यका श्रीमती, दुई छोरा छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।
























