काभ्रे – हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा नेपाली कांग्रेस काभ्रेले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।
जिल्ला कार्यसमितिको बैठकले पार्टीका विभिन्न संरचना, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध महिला दिदिबहिनी एवं जनप्रतिनिधिहरूको सहभागीतामा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
आफ्ना दुख,पिर बेथालाई भुलेर खुशि साटसाट गर्दै हिन्दु नारीहरुले मनाउदै आएको हरितालिका तिजको अबसरमा आयोजित कार्यक्रमलाई भव्यताको साथ सफल बनाउन नेपाली कांगेस जिल्ला सभापति तिर्थ लामाले जिल्लाका १३ स्थानिय तह, १३५ वडाका साथै भातृ तथा शुभेच्छुक संघ तथा संस्थाहरुलाई निर्देशन दिनुभएको छ ।
ख्यातिप्राप्त, चर्चित कलाकारहरूको प्रस्तुती रहने कार्यक्रममा नेपाली कांग्रेस काभ्रेले सहभागीताको लागि सबैमा अनुरोध गरेको छ ।
यहि भदौ १६ गते बनेपामा साँस्कृतिक कार्यक्रमसहित तीज पर्व मनाउन लागेको हो ।