काठमाडौं – टी-२० अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले कीर्तिमानी शतक प्रहार गरेसँगै टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ ।
आइतबार एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै २४१ रन बनायो । ग्लेन म्याक्सवेल ५५ बलमा १२ चौका र ८ छक्कासहित १२० रनमा नट आउट रहे ।
यो उनको टी-२० आई करिअरको पाँचौं शतक हो । टी-२० खेलमा म्याक्सवेलले नटआउट १२० रन जोडे। उनले ५५ बल खेल्दा १२ चौका र ८ छक्का प्रहार गरे ।
यससँगै उनले पाँचौ टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्न सफल भए भने टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतकको कीर्तिमान बराबरी गरे ।
भारतका कप्तान रोहित शर्माले पनि टी-२० अन्तर्राष्ट्रिय खेलमा पाँच शतक प्रहार गरेका छन् ।
उनको शतकसँगै अस्ट्रेलियाले खेलमा २४१ रनको विशाल योगफल तयार गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले ११ रनको जित हात पारेको थियो ।