दीपेन्द्रसिंह ऐरीले यूएईमा हुने आइएल टी-२० लिग खेल्ने !

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन् ।

उनी गल्फ जायन्टसबाट आइएल टि-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो । ‍

युएईको ६ टिमबीच खेल भइरहेको छ । गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ ।

सम्झौतापछि ऐरीले गल्फ जायन्ट्समा आबद्ध हुँदा खुसी लागेको बताए ।  उनले भने, ‘गल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित छु । यो एक ठूलो अवसर हो, र म टोलीको सफलतामा योगदान चाहान्छु ।  फ्रेन्चाइजले मेरो क्षमतामा देखाएको आत्मविश्वासलाई म मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...