काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने क्यानडा विरूद्धको एकदिवसीय सिरिज तथा नेपाल, नेदरल्यान्ड्स र नामिबिया बीचको आइसिसी विश्वकप लिग-२ को लागि छुट्टा-छुट्टै राष्ट्रिय टिम घोषणा गरेको छ ।
क्यानडाविरुद्ध माघ २५ देखि २९ गतेसम्म तीन खेलको एकदिवसीय सिरिज हुनेछ । त्यसपछि नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आइसिसी विश्वकप लिग-२ को खेल हुनेछन् । लिग-२ का खेल फागुन ३ देखि १३ सम्म हुनेछन् ।
क्यानडा विरुद्धको खेलका लगि यू-१९ टिमका कप्तान देव खनाल र अनिल साहले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। यस्तै चोटका कारण यू-१९ विश्वकप गुमाएका हेमन्त धामी पनि राष्ट्रिय टिममा समावेश छन् ।
प्रधानमन्त्री कपमा उच्च प्रदर्शन गरेका रिजन ढकाल र सूर्य तामाङले क्याडनाविरुद्धको टिममा स्थान पाएका छन् । यू-१९ टिमका तीव्र गतिका बलर आकास चन्द पनि राष्ट्रिय टिममा समेटिएका छन् ।
लिग-२ र क्याडना विरुद्धको सिरिजका लागि पवन सर्राफ राष्ट्रिय टिममा फर्किएका छन् । सूर्य तामाङ र रिजन ढकालले दुवै टिममा स्थान बनाएका छन् ।
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल। वैकल्पिक – प्रतिश जिसी, देव खनाल, अनिल साह, विवेक यादव।
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ आरिफ शेख, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी,आकास चन्द, अनिल साह