राष्ट्रिय फुटबल खेलाडि नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिए !

काठमाण्डौ – त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड तथा राष्ट्रिय फुटबल खेलाडि नवयुग श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

राष्ट्रिय फुटबल टोलीको कप्तानी समेत गरि सकेका इलामको देउमाई नगरपालिका–४ मंगलबारेका श्रेष्ठले झापा मेचीनगर–१२ की पुजा श्रेष्ठसँग बुधबार विवाह गरेका खबर लोकलसन्देस अनलाईनले सम्प्रेसन गरेको छ ।

केहि दिन अघि इलाममा सम्पन्न एनआरएन इलाम गोल्ड कप नवयुगले आयोजक रेड हर्स क्लबबाट खेलेका थिए । उनको कप्तानीमा रहेको रेडहर्स सेमीफाइनलमा न्यूरोड टिम एनआरटीसंग पराजित भएको थियो ।

प्रतियोगितामा ४ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता समेत चुनिए । त्यसअघि दोस्रो एनएसएल उनले चितवन एफसीबाट खेलेका थिए । आर्मी क्लब भने २३ औं आहा रारा गोल्ड कपको सेमिफाइनल पुगेको छ ।

सेमिफाइनलमा टोलीले बिहीबार सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबसँग खेल्नेछ । थ्री स्टार बुधबार जावालखेल युथ क्लबलाई हराउँदै फाइनल पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...