काभ्रे – नेपाली कांग्रेस काभ्रेले “समुदायमा कांग्रेस” अभियानको शुभारम्भ गरेको छ ।
पार्टीको निर्णय बमोजिम केन्द्रिय सदस्य एवं यस अभियानको लागि काभ्रे जिल्लाको प्रतिनिधिको रुपमा खटिएर आउनु भएका नानु बास्तोलाको प्रमुख आतिथ्यतामा यस अभियानको सुभारम्भ गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको परिपत्रको आधारमा बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाको सभापतित्वमा सुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य नानु बास्तोला, बाग्मति प्रदेशबाट प्रतिनिधिको रुपमा खटिएर आएका ऋषि घिमिरे लगायतका काग्रेसका अन्य नेताहरुको पनि उपस्थित रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइमन्त्री लामाले जिल्लाको १३ वटा स्थानिय तह र १३५ वडाको हरेक गाउँ टोलमा पुगि हरेक जनताको दुःख, दर्द र मर्म जतिसुकै समय लागेपनि सुन्नलाई आग्रह गरेको छ ।
पार्टिमा युवाहरु,बुद्धिजिबिहरुका साथै हरेक प्रकारका विचार, मत राख्ने जनताहरु भएकाले उनीहरुको गुनासो स्थानीय स्तरमै पुगि सुन्न जिल्लाबाट खटिएको सबै प्रतिनिधिहरुलाई आग्रह समेत गरेको छ ।
जनतामा निरास छ त्यहि निरासालाई कांग्रेसले समाज परिवर्तन सहित निराशामुक्त बनाउन साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत आग्रह गरेको छ ।
सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछ । पार्टीको निर्णय बमोजिम माघ २६ मा कांग्रेस केन्द्रिय सदस्य एवं पुर्व मन्त्रि डा.मिनेन्द्रप्रसाद रिजाल को प्रमुख आतिथ्यतामा समापन गर्ने जनाएको छ ।