काठमाडौँ – दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत अफगनिस्तानलाई हराउदै सुपर ६ मा पुगीसकेको छ । सुपर ६ मा पुगेपनि नेपाललाई अबको दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ ।
सुपर सिक्स अन्तर्गत सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे रहेका छन् ।
समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको अंक नहुँदा सेमिफाइनल सम्भावना कठिन बनेको हो ।
पाकिस्तान र भारत दुवै समूह डी र ए का विजेता बन्दै सुपर सिक्समा ४-४ अंकका साथ आएका छन् । न्युजिल्यान्ड र बंगलादेश २-२ अंकका साथ आएका छन् । नेपाल र आयरल्यान्ड भने अंक विहीन हुँदै आएका छन् ।
यदि पाकिस्तान र भारतले एक/एक खेल जितेको खण्डमा पनि ६–६ अंकमा पुग्नेछन् । अर्कोतर्फ नेपालले दुवै खेल जितेपनि ४ अंकमा मात्रै पुग्न सक्छ । भारत र पाकिस्तानले दुवै खेल हारेको खण्डमा उता न्युजिल्यान्ड र बंगलादेशको नतिजा पनि हेर्नुपर्छ ।
त्यसैले गर्दा दुवै खेल जितेपनि नेपाल सेमिफाइनलमा सीधै पुग्न सक्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा धेरै भरपर्नुपर्छ । जसले गर्दा नेपालको सेमिफाइनल यात्रा कठिन देखिन्छ ।