काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले नेपालका एक खेलाडी माथि कारवाही गरेको छ। आईसीसी यू–१९ विश्वकप खेलका दौरान आचारसंहिता उल्लंघन गरेको भन्दै आइसिसीले नेपालका एक खेलाडीलाई कारवाही गरेको हो ।
आइसिसीको कारवाहीमा परेका नेपाली खेलाडीमा सुवास भण्डारी रहेका छन् । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध सामना गर्दा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुवास भण्डारीलाई कारवाही गरिएको बताइएको छ ।
उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो ।त्यसैको कारण आईसीसीको आचार संहिता २.९ अनुसार उनी कारबाहीमा परेका हुन् ।
एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्नेछ ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालले अव भारत र बंगलादेशसँग खेल्नेछ ।