टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय कप्तान रोहितको कीर्तिमानी !

काठमाडौं – रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी शतक प्रहार  गरेपछि भारतले अफगानिस्तान विरूद्धको तेस्रो टी-२० खेलमा ४ विकेटको क्षतिमा २१२ रन जोडेको छ ।

बेंगलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि रोहितले नटआउट १२१ रन जोडे। उनले ६९ बलमा ११ चौका र ८ छक्का प्रहार गरे । यो रोहितको पाँचौ टी-२० अन्तर्राष्ट्रिय शतक हो। जससँगै उनी सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने खेलाडी बने ।

टी-२० अन्तर्राष्ट्रियमा भारतकै सूर्यकुमार यादव र अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४-४ शतक प्रहार गरेका छन् । रोहितले खेलमा रिंकु सिंहसँग नटआउट १९० रनको साझेदारी गरेका थिए ।

रिंकुले नटआउट ६९ रन जोड्ने क्रममा २ चौका र ६ छक्का प्रहार गरे । त्यसअघि भारतले ४.३ ओभरमा ४ विकेट गुमाउँदा २२ रन मात्र जोडेको थियो ।

भारतका ओपनर यशस्वी जैशवाल ४ रन, विराट कोहली ०, शिवम् दुवे १ रन र  सन्जु सामसन ० मा आउट भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...