गिनिज बुकमा नाम लेखाउँदै बिश्व रेकर्डबाट करिअर सुरुवात गरेका भुर्तेल अष्ट्रेलियामा तहल्का मच्चाउँदै !

काठमाडौं – केही वर्षअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिदेशीय प्रतियोगिता भएको थियो ।प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरेका थिए ।

यता लामो समयदेखि भरपर्दो ओपनिङ जोडी नभएका कारण खराब ब्याटिङको समस्या झेलिरहेको नेपाली टोलीले भरपर्दो ओपनिङ जोडी खोजिरहेको थियो ।

आफ्नो डेब्युको तेस्रो खेलमा पनि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै कुशल भुर्तेल डेब्युमा नै लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । त्यसयता भुर्तेलले नेपाली टोलीको ओपनिङ ब्याट्सम्यानको भूमिका निभाउँदै आएका छन् ।

२०७८ वैशाखमा टी– २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका भुर्तेलले त्यसै वर्ष पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि ४६ खेल खेलिसकेका छन् । उनले १ हजार ३२ रन बनाउँदा नामिबियाविरुद्ध सर्वाधिक १ सय १५ रन बनाएका छन् ।

उनी गत असारमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा टेस्ट राष्ट्रविरुद्ध करिअरको दोस्रो शतक बनाउन एक रनले चुकेका थिए । जिम्बावेविरुद्धको खेलमा भुर्तेल ९५ बलमा ९९ रन बनाएर बोल्ड आउट भएका थिए ।

यता, टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलले २९ खेल खेलेका छन्, जसमा उनले ९१५ रन बनाएका छन् । उनले ७ अर्धशतक र एक शतक प्रहार गरेका छन् । उनले सन् २०२२ मा फिलिपिन्सविरुद्ध सर्वाधिक १०४ रन बनाएका थिए ।

सन् २०२१ यता नेपालको ओपनिङ ब्याटिङ सम्हालिरहेका भुर्तेलले केही महिनाअघि सम्पन्न एसिया कपमा डेब्यु गरेका थिए । नेपालले पहिलोपटक भारत र पाकिस्तानविरुद्ध खेल्ने अवसरसमेत प्राप्त गरेको थियो ।

भारतीय बलरविरुद्ध उनले प्रहार गरेको पुल सटको विश्वभर चर्चा भएको थियो । उनीलगायत नेपाली ब्याट्सम्यानहरूले भारतीय बलरहरूले फालेको सर्ट बलमा उत्कृष्ट प्रहार गरेका थिए ।

भारतीय पूर्वक्रिकेटर गौतम गम्भीरले लामो समयपछि एसोसिएट राष्ट्रले राम्ररी सर्ट बल खेलेको भन्दै नेपाली टोलीको तारिफसमेत गरेका थिए ।पछिल्लो समय कुशल भुर्तेल अस्ट्रेलियामा क्रिकेट खेल्दै छन् ।

भिक्टोरियन प्रिमियर क्रिकेट खेल्न अस्ट्रेलिया पुगेका भुर्तेलले फ्रान्क्सटन पेनिन्सुला क्रिकेट क्लबको प्रतिनिधित्व गरिरहेका छन् । उत्कृष्ट ब्याट्सम्यानको रूपमा छवि बनाइसकेका भुर्तेलले अस्ट्रेलियामा निकै सम्मान पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...