सन्दीपले पार गरे महत्वपूर्ण कोशेढुंगा, बने नेपालको पहिलो खेलाडी !

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण कोशेढुंगा पूरा गरेका छन्। आइतबार मंगोलिया विरुद्धको खेलमा एक विकेट लिएसंगै सन्दीपले महत्वपूर्ण कोशेढुंगा पूरा गरेका हुन्।

मंगोलिया विरुद्ध विकेट लिएसंगै टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको २ सय विकेट पूरा भएको छ। कुनै पनि नेपाली खेलाडीले टी-२० र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेटको आँकडा पार गरेको यो पहिलो पटक हो।

यस भन्दा अगाडी कुनै पनि खेलाडीले २ सय विकेटको आँकडा पार गर्न सकेका थिएनन्। लामिछानेले एक दिवसीय क्रिकेटमा १ सय १२ विकेट लिएका छन् भने टि २० फर्म्याटमा ८८ विकेट लिएका छन्।

दुवै फर्म्याटमा सन्दीप नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको रुपमा रहेका छन्। सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। त्यसयता उनले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...