काठमाण्डौ – भारतीय पूर्व क्रिकेटर तथा विश्लेषक आकास चोपडाले नेपाली क्रिकेटसँग ठूलो सम्भावना बताएका छन् ।
एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल चलिरहेको बेला आकासले सामाजिक सञ्जालमा लेख्दै नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय रहेको बताएका हुन् ।
उनले भारतले नेपाली क्रिकेटलाई स्वीकार गर्दै ए टोलीलाई भए पनि क्रिकेट खेल्न नेपालमा पठाउनुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘भारतले नेपाली क्रिकेटलाई स्वीकार गर्नुपर्छ र नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा गति दिनु भारतको दायित्व हो । भारतले ‘ए’ टोलीलाई नेपाल पठाउनुपर्छ र उनीहरूलाई भारतको घरेलु संरचनामा समावेश गर्नुपर्छ नेपालमा क्रिकेटप्रतिको जोश अतुलनीय छ… र उनीहरूसँग सम्भावना पनि छ ।’
India must adopt Nepal cricket and make it their responsibility to bring them up to speed with International Cricket. Send the A team to Nepal. Involve them in India’s domestic structure (I remember India-A playing a full first-class season in Windies). The passion for cricket in…
— Aakash Chopra (@cricketaakash) September 4, 2023