काठमाडौं –
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मरिससविरु’द्ध नेपालले राम्रो खेलेको भन्दै खेलाडीहरुको तारिफ गरेका छन् ।
यद्यपि केही अवसर खेर फालेको भन्दै उनले पूरा सन्तुष्ट भने नभएको बताए । शनिबार मरिससविरु’द्धको खेलपछि पत्रकार सम्मेलनमा
उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए । साफ खेलकुदपछिको राम्रो खेल शनिबारको भएको उनको भनाइ छ ।
‘मलाई लाग्छ खेलाडीहरुले मुटुबाट खेले, जित महत्वपूर्ण छ तर म सन्तुष्ट छैन । उनीहरुले ३ अवसर पाएका थिए’ उनले भने ।
मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरु’द्धको दोस्रो मैत्रीपूर्ण खेलमा शनिबार खेलेका केही खेलाडी परिवर्तन गर्ने बताएका छन् ।
उनले मैत्रीपूर्ण खेल महत्वपूर्ण भए पनि आफूहरुको लक्ष्य एसिया कप र विश्वकप छनोट रहेको बताए ।
मुख्य प्रशिक्षक अल्मुताइरीले शनिबार गोल गर्ने खेलाडी विमल घर्तीमगरको पनि तारिफ गरे । यद्यपि आफूले उनीबाट अझै धेरै अपेक्षा
गरेको बताए । ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन् । गोल गरे, खुशी छु। तर उनी धेरै महत्वपूर्ण छन्’ उनले भने ।
मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए । उनले आफूहरुको केही ग’ल्तीको फाइदा नेपालले
उठाएको पनि बताए । ‘हामी पछाडि विपक्षी पर्खेर बस्यौं । हामीले नेपाललाई गोल गर्ने अवसर दियौं तर हामीले गोल गर्न सकेनौं’ उनले भने ।
आफूहरुले गोलको केही अवसर सिर्जना गरे पनि नेपालको गोलकिपरले राम्रो बचाउ गरेको बताए । यदि हामीले दोस्रो हाफको शुरुमा गोल
गरेको भए फरक हुन सक्थ्यो । आज पहिलो टिमका चार खेलाडी थिएनन्, उनीहरु दोस्रो खेलमा आउँछन्’ उनले भने ।
























