गु ण्डा ग र्दी पृष्ठभूमिका गणेश लामालाई कांग्रेस केन्द्रीय सदस्यमा यति धेरै लोकप्रिय मत !

काठमाडौं –

गुण्डा नाइकेको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका गणेश लामाले कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ लोकप्रिय मत प्राप्त गरेका छन् । ११ सय मतगणना हुँदा लामाले ५८९ मत प्राप्त गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको क्रममा भएको निर्वाचनमा लामा खुल्लातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । 

उनले पाएको यो मत १७ औं स्थानको हो । कांग्रेसमा खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । अहिलेकै रफ्तारमा लामाले मत प्राप्त गर्दै गएमा उनी कांग्रेसको केन्द्रीय सदस्य बन्नेछन् । 

तर, अहिलेसम्म कुल मतको करीब एक तिहाइ मात्रै गणना भएको छ । सबै मत गणना भइसक्दा उनको अहिले स्थान खस्किन पनि सक्छ ।

लामा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर-१ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । 

गुण्डागर्दीको पृष्ठभूमिबाट आएका लामा कांग्रेसमा विजय गच्छदार निकट छन् । विजय गच्छदार भने कांग्रेसको उपसभापतिमा पराजित भइसकेका छन् ।

यो पनि : ओली-प्रचण्ड मध्ये को ‘असली गणतन्त्रवादी’ ?

देशमा फेरि एकपटक गणतन्त्रवादी बन्ने प्रतिष्पर्धा चलेको छ । विशेषगरी कम्युनिस्ट पार्टीका नेताहरुबीच को असली गणतन्त्रवादी हो भनी प्रमाणित गर्ने प्रतिष्पर्धा नै चलेको छ ।

विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन कमल थापालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएपछि कम्युनिस्ट नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

काँग्रेसको १४औं महाधिवेशन उदघाटनमा लिङ्देनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तारो बनाएर कडा आलोचना गरेका थिए । उनीहरुले गणतन्त्रविरुद्ध लागेको भन्दै चेतावनी समेत दिएका थिए ।

पछिल्लो समय ओली प्रचण्डबीच को असली गणतन्त्रवादी हो भन्ने प्रमाणित गर्ने प्रतिष्पर्धा चलेको छ । एकले अर्कालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग सहमति गरेको आरोप लगाएका छन् ।

प्रचण्डले ओलीमाथि राजसंस्था फर्काउन खोजेको आरोप लगाइसकेका छन् । उनले एमाले नेताहरुले ज्ञानेन्द्रसँग भेटघाट गरेको टिप्पणी समेत गरे ।

ओलीले पनि तत्कालीन राजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच सहमति भएको ठोकुवा गरे । १८ मंसिर २०६० मा सहमति गरेको उनको आरोप थियो । त्यतिबेला माओवादी जनयुद्धमा थियो र प्रचण्ड प्रधानमन्त्री बन्न खोजेको आरोप ओलीले लगाएका छन् ।

ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको दाबी ओलीबाट भएपछि प्रचण्डले प्रमाणित गर्न चुनौती दिए । ओलीनिकटस्थहरुले त्यसपछि विभिन्न माध्यमले प्रचण्डको आलोचना गर्दै आएका छन् ।

प्रचण्डले तत्कालीन राजासँग सम्झौता गर्न लागेकाले वास्तविक गणतन्त्रवादी नभएको ओली समूहको आरोप छ । प्रचण्डले भने ओलीलाई झुटको राजनीति गर्ने भन्दै असन्तुष्टि पोखे । प्रचण्डले अहिले गणतन्त्र खतरामा परेको टिप्पणी गरेका छन् ।

अहिले ओली र प्रचण्डबीच को असली गणतन्त्रवादी हुन् भनी प्रमाणित गर्ने प्रतिष्पर्धा चलेको छ । उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...