न्युजिल्याण्डलाई हराउदै अस्ट्रेलियालाई पहिलोपटक टी–२० विश्वकपको उपाधि

काठमाडौं –

अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो । 

यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।

तर यसपटक भने न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले । कप्तान एरोन फिन्चलाई तेस्रो ओभरमा गुमाए पनि वार्नर र मार्सले टोली सम्हालेका थिए ।

बोल्टको बलमा बोल्ड हुन अघि वार्नरले मात्र ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेलले नटआउट रहँदै २८ रनको योगदान दिए ।

यसअघि कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले उपाधिका लागि निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रनको चुनौती दिएको थियो ।

दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको छ ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको शानदार अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्टिन गुप्टिलले २८ रन जोडे भने फिलिप्सले १८ रन बनाउन सफल भए। डार्यल मिचेलले ११ रन मात्रै बनाए । 

जेम्स निशमले अविजित १३ रन बनाउँदा टिम सेइफर्टले अविजित ८ रन जोड्न सफल भए । अष्ट्रेलियाका जोस हाजलउडले १६ रन दिएर ३ विकेट झारे। एडम जाम्पाको नाममा १ विकेट रह्यो ।

दुवै टोली पहिलो टी–२० विश्वकप उपाधि जित्ने दाउमा रहेका छन् । अस्ट्रेलिया दोस्रोपटक फाइनलमा पुगेको हो भने न्युजिल्याण्ड पहिलोपटक फाइनल खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...