काभ्रेकाे महाभारत घर्तिछापमा मगर ईतिहास सम्बन्धि अन्तर्क्रिया कार्यक्रम

काभ्रे – काभ्रे जिल्लाको महाभारत -८ घर्तिछापमा मगर इतिहास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मगर भाषाको संरक्षण, उत्पति बिकमस, ईतिहास र यसको वंशावलीको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा जनजातिहरु मध्ये सबैभन्दा धेरैको संख्यामा रहेको मगर समुदायको भाषा, धर्म, परम्परा संस्कृति र वंशावली लगायत अन्य बिबिध बिषयमा छलफल भएको छ । मगर जातीको ईतिहास उत्पत्ति भेषभुषा लगायत चालचलन, रहनसहनको बारेमा गहन छलफल भएको छ ।

पिङडाडाँ नमुना समुहसगँको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नेपाल मगर संघका अनुशासन बिभागका सदस्य अम्बर बहादुर आले मगरको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाज बागमती प्रदेशका उपाध्यक्ष गणेश बहादुर थापा मगर, भाषा प्रशिक्षक सुदिप यस्माली मगर, वडा अध्यक्ष टंक बहादुर आले मगर, श्री जनकल्याण माध्यमिक विद्यालयका शिक्षक ईन्द्र बहादुर थापा मगर, समाजसेवी घनश्याम आले मगर, अम्बर बहादुर अस्तानी मगर (रिजन) लगायतका मगर अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन मगर भाषा प्रशिक्षक बिजय सिजाली मगरले गरेका थियो ।पिङडाडाँ नमुना समूहको कार्यालय भवनमा सम्पन्न भएको अन्तर्क्रिया कार्यक्रम झलक बहादुर जर्घा मगरको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...