काभ्रे – महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले शी लिड्स आइकन–२०८१ को उत्कृष्ट २७ मा काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना छनोटमा परेकी छिन् ।
देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्वसामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ मा उपाध्यक्ष राना छनोट भएकी हुन् ।
‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा ३ जना उत्कृष्ट छान्नेमध्ये उत्कृष्ट २७ छनोट भएका हुन् । महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १ सय ४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको र त्यसमध्ये २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले बताइन् ।
उपाध्यक्ष रानाले गरिन् यस्तो आव्हान :
मैले गरेको गरिरहेको कामको आवधिक मूल्याङ्कन समेत प्रतिविम्वित हुने गरी मलाई यसरी भोट गर्न सक्नुहुनेछ।
अनलाइन माध्यमबाट भोट गर्नस् Esewa एपको Voting भित्र गएर She Leads Icon भित्रबाट गर्न सक्नु हुनेछ ।
अफलाइन माध्यमबाट भोट गर्नस् : मोवाइलको म्यासेज वक्समा गई sli<space>15 टाईप गरी 31003 मा पठाउन सक्नु हुनेछ ।
को हुन् तारा राना ?
नाम : तारा राना तिमल्सिना
स्थानीय तह : बेथानचोक गाउँपालिका
पद : उपाध्यक्ष
जिल्ला : काभ्रेपलाञ्चोक
मेरो जन्म मध्यम वर्गीय परिवारमा भएको हो । सामाजिक परिवर्तन र उत्पीडित वर्गको हक, हित र अधिकारको लागि मार्क्स, लेनिन, र माओवादका सिद्धान्तबाट प्रभावित भएर म राजनीतिमा आएकी हु ।
समाजमा व्याप्त जाति, लैङ्गिक, र वर्गीय भेदभावलाई न्यून गर्नका लागि मैले विपन्न, दलित, जनजाति र एकल महिला कृषकहरूलाई र भैँसी वितरण, , सुन्तला, कागती, किवि जस्ता फलफूल खेती प्रवर्द्धन, न्यायिक कार्य सम्पादन अन्तर्गत दर्ता भएका उजुरीहरूको समाधान, बेथानचोकमा एक घर एक धारा योजना, प्राविधिक शिक्षा, विद्युतीकरणमा काठपोल र फलामको पोल विस्तार गर्ने कार्यहरु सम्पन्न गरिएको छ ।
निष्ठा, त्याग, समर्पण र असल राजनीतिक विचारले मात्र न्यायपूर्ण र प्रगतिशील समाज निर्माण गर्न सकिन्छ।जनप्रतिनिधि हुनु अघि, म शिक्षण पेशा हुदै सहकारी अभियान्ताको रुपमा कार्य सम्पन्न गरेको छु ।
स्थानिय सरकार जनताको सबै भन्दा नजिकको सरकार हो यस प्रति जनताको अपार अपेक्षा रहेको छ तर यसलाई आर्थिक र प्रशासनिक ढङ्गले आत्म सक्षम बनाउने तर्फ कसैको ध्यान नगएको देख्दा दुख लाग्छ । स्थानिय सरकार नै समाजवादको आधार हुन् भन्ने कुरा कसरी स्थापित गर्ने होला मलाई यस बिषयले झक्झकाई रहन्छ ।
























