काभ्रे – भुम्लु गाउँपालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
भुम्लु गाउँपालिका अध्यक्ष श्री प्रेम बहादुर भुजेलज्यूको अध्यक्षतामा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख श्री रिम बहादुर तामाङ, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष श्री जितेन्द्रमान तामाङज्यूको उपस्थितिमा सम्पन्न छ ।
यस्तै २०८१।०४।२४ गते भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी श्री पिताम्बर पाण्डे, जनस्वास्थ्य कार्यालय प्रमुख श्री रागीश्री कक्षपती श्रेष्ठ, प्र.प्र.अ श्री सुदर्शन भट्टराई उपस्थित रहेको थियो ।
यस्तै कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, जिल्ला खोप अधिकृत श्री पार्थमणि न्यौपाने, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरु, स्वास्थ्यकर्मीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न गरियो ।



























