भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा

काभ्रे – नमोबुद्ध नगरपालिका वडा नं ३ स्थित भैरवकुण्डबाट जगवैजेश्वर महादेव मन्दिर हुँदै कुशेश्वर मन्दिरसम्म बृहत कलश यात्रा सम्पन्न भएको छ ।

भैरवकुण्ड निर्माण तथा संरक्षण समितीको आयोजना, नमोबुद्ध नगरपालिका, वडा नम्बर ३ को कार्यालय र नगरपालिकले नै उक्त तिर्थाटनका लागी बजेट ब्यबस्थापन लगायत अन्य सहजीकरण गर्दै व्यक्ति तथा संघसंस्थाको सहयोगमा कलश यात्रा गर्दै भैरवकुण्डबाट लगिएको जल नौबिसे स्थित जगबैजेश्वर महादेव र कुशेश्वर महादेवलाई सेचन गरिएको हो । स्थानीयका अनुसार, पहिला १८ हल गोरु, हली, १०० जना लाठे, रोपार यहाँ बाट प्रबेश गरेर सिन्धुलीको गजुली दहबाट निस्केको किम्वदन्ती छ ।

२०६६ सालमा भकुण्डेवेशीमा खडेरी परेर पानी नपरेपछि भ्यागुताको विहे गर्ने सल्लाह भएर भैरवकुण्डबाट जन्ती निकालेर पाट्ने पोखरीमा बेहुलीको घर बनाई अन्माएर भैवकुण्डमा नै आएको एक घण्टामा पानी परेको र सिंचाइको लागि सहज भएको थियो ।

भैरवकुण्ड निर्माण तथा संरक्षण समितिका अध्यक्ष केदारप्रसाद पौडेलका अनुसार, पहिला भैरवकुण्ड रहेको स्थानमा मानिसहरु जान डराउँथे । नागको बास भएकोले त्यस कुण्डमा मान्छे तान्छ भन्ने विश्वास थियो । स्थानीयले अहिले सो स्थानको संरक्षण गरि कुण्डका साथै मन्दिर सत्तल लगायतका पूर्वाधार निर्माण गरेका छन् ।

कलश यात्रा अघिको आयोजित कार्यक्रममा नगर प्रमुख कुनसाङ लामा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्ब सांसद शिब प्रसाद हुमागाई , विश्व हिन्दु महासंघका पदाधिकारी, वडा अध्यक्षहरु लगायतले भक्तजनहरुलाई शुभकामना प्रकट गर्दै भैरब कुण्ड महिमाको बारेमा प्रचारप्रसार गर्न आबश्यक रहेको बताएका थिए ।

कलश यात्रामा जानेलाई निशुल्क सवारी साधनको व्यवस्थापन गरिएको थियो ।आयोजकका अनुसार १५ वटा बसमा ७ सय भन्दा बढी भक्तजनहरुको यात्रामा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...