काभ्रे– विपद जोखिम न्यूनीकरणका लागि रोशी गाउँपालिकाले विपि राजमार्ग आसपासमा वृक्षारोपण गरि कार्यक्रम सम्पन्न भएको छ ।
भद्रदल गण भकृण्डेबेशीको सहकार्य,ईलाका प्रहरी कार्यालय मंगलटार समन्वय र डिभिजन वन कार्यालयको सहयोगमा रोशी गाउँपालिका वडा नं ९,१०,११ र १२ को आसपासको विपि राजमार्गको दायाँबायाँ वृक्षरोपण गरेको हो ।
विपद जोखिम न्युनीकरणका लागि वृक्षारोपण कार्यक्रमको आयोजना गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनु भएको छ । सडक ट्रायक खोल्दा बाढी पहिरो जाने सम्भावनालाई रोकथामा तथा न्यूनीकरणका लागि कार्यक्रम आयोजना गरेको लामाले बताउनु भयो ।
वृक्षारोपण कार्यक्रम वडा नं ९,१०,११ र १२ को निर्माणधिन सडकको तल माथी विपि राजमार्गको किनारा डम्फु पार्कको परिसरमा ५५० ओटा विरुवा रोपेको थिए । बिरुवाहरुमा कल्की २ सय ओटा विरेन्द्र फुल १०० ओटा, धुपी एक सय ओटा र तेजपात ५० ओटा रोपेको थिए ।
वृक्षारोपण कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नको लागि गाउँपालिकाका अध्यक्ष दिनेश लामा,उपाध्यक्ष मिन बहादुर वाईवा,प्रमुखप्रशाकीय अधिकृत राम बहादुर तामाङ उपस्थिति रहेको थियो ।
यस्तै भद्रदल गणका उपसेना सुदिप भण्डारीको नेतृत्वमा नेपाली सेना, ईलाका प्रहरी कार्यलय मंगलटारको प्रहरी निरिक्षक कृष्ण गिरिको नेतृत्वमा नेपाल प्रहरी, रोशी–११ का वडाअध्यक्ष लालकुमार पाख्रीन लगायत कर्मचारी र सर्वसाधारणको उपस्थितिमा वृक्षारोपण सम्पन्न भएको हो ।
























