गगन थापासँग भिड्न संसदीय चुनावमा स्वतन्त्रबाट यी चर्चित युवाले उम्मेदवारी दिने

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन साहले बाजी मारेपछि राजनीतिमा युवाहरुको आकर्षण ह्वात्तै बढेको छ । यसैक्रममा संसदीय चुनावमा स्वतन्त्रबाट युवा उम्मेदवारहरु मैदानमा ओर्लिन थालेका छन् । बर्षौ देखि जरा गाडेका दलका उम्मेदवारहरुलाई नै चुनौती दिदै स्वतन्त्रबाट युवा अभियान्ता र समाजसेवीहरु चुनावी मैदानमा आउने तयारीमा छन् ।

यसैबीच, सडकदेखि सामाजिक सञ्जालसम्म जनताका बिषयमा जोडदार रुपमा उठाउदै आएका सामाजिक अभियान्ता हेमराज थापा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापको क्षेत्रबाट चुनाव लड्ने तयारीमा लागेका छन् । अभियान्ता थापा निकट स्रोतले हामीलाई दिएको जानकारी अनुसार

स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए । उनले त्यस बेला स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए । जसले गर्दा उनी अहिले संघिय निर्वाचनमा उठ्ने तयारी थालेका छन् ।

स्थानिय निर्वाचनमा उनलाई धेरैको एउटै प्रश्न थियो, किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो । त्यसै बेलादेखि हेमराज थापाले संघिय निर्वाचनमा उठ्ने सोच बनाएका थिए ।

निर्वाचनको मिति घोषणा नहुदै विवेकशिल साझा परित्याग गरेकी रञ्जु दर्शनाले काठमाडौंको निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।

गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा।प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।

त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा पुकार बमले पनि काठमाडौंको निर्वाचन क्षेत्र नं–१ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सुमन सायामिले काठमाडौंको निर्वाचन क्षेत्र नं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेका छन् । हेमराज थापाले क्षेत्र नं–४बाट निर्वाचनमा उठ्ने तयारी थालेका छन् । जुन नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । यस अघि पनि यसै क्षेत्रबाट गगन थापा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...