पौडेललाई फकाउन भरतपुर पुगेका गृहमन्त्री खाँणलाई दिए यस्तो कडा जवाफ, अब के गर्लान् रेणु ?

चितवन –

भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेललाई फकाउन नेताहरुको दौडधुप जारी छ ।

उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका छन् । श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरे ।

तर पौडेल भने उम्मेदवारी फिर्ता नलिने अडानमा अहिलेसम्म कायमै छन् । राज्यमन्त्री श्रेष्ठलाई भेटिसकेपछि कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नलिने बरु चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए ।

आफूले भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने उनले बताए ।

भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारी फिर्ता नलिने जवाफ दिएका छन् ।

आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिए ।

उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको (गृहमन्त्री खाँणको) भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें ।’

उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले दिए ।

पौडेललाई भेटेपछि गृहमन्त्री खाँणले भने, पौडेलले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । खाँणले भने, ‘जगन्नाथ पौडेलले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ, पार्टीको निर्णय सबैले मानेर जान्छन् ।’ पौडेल कांग्रेसको प्रतिबद्ध कार्यकर्ता भएको भन्दै खाँणले पार्टीको निर्णय कार्यान्वयनमा उनले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...