एमाले प्रवेश गरे लगत्तै अभिनेत्रि करिश्मा मानान्धरले गरे यति ठुलो घोषणा, सबै चकित !

काठमाडौँ –

अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले नेकपा एमाले प्रवेश गरेको बताएकी छिन् । मंगलबार आयोजित एक

कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताएकी हुन्  । 

केही समय बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी मानन्धरले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताइन् ।

एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो ।

६ महिनाको अन्तरालमा मैले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।’

त्यस्तै एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरले बताइन् । कलाकारिता क्षेत्रबाट पनि मुलुकका लागि आफूले थुप्रै योगदान गरेको उल्लेख गर्दै उनले मुलुकको परिवर्तनका लागि काम गर्नै एमाले रोजेको बताइन् ।

त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उनको भनाइ छ । ‘पार्टी प्रवेश गर्दा मैले कुनै सौदाबाजी होइन । मसँग कुनै पनि आग्रह पनि छैन, कुनै ठोस पनि माग छैन ।

मलाई कुनै पद चाहिएको छैन । नितान्त एउटा कार्यकर्ताका रूपमा हजुरहरूसँग जोडिन आएको छु । यदि मेरो मूल्यांकन गरेर पार्टीले कुनै जिम्मेवारी दिने हो भने म पछि हट्दिनँ है,’ उनले भनिन् । नयाँ मान्छे नजोडिकन पार्टी अगाडि नबढ्ने पनि उनले भनिन् ।

यस्तै काठमाडौँको कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा प्रवेश गराएका छन् । पार्टीमा भित्रिएसँगै उनी आधिकारिक रुपमा ‘कामरेड’ बनेकी छन् । 

मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...