काठमाडौं –
नेपालमा सामाजिक सञ्जाल मार्फत विभिन्न हल्लाहरु गरिने र सर्वसाधारणलाई आतंकित पार्ने काम भइनै रहन्छन् ।
यसैविचमा केहिदिन देखि ५ सय र एक हजार रुपैयाँका नोटमा नेपाल राष्ट्र बैंकले प्रतिब’न्ध लगाउँदैछ भन्ने हल्लाले बजार तताएको छ ।
के नेपालीले सुने जस्तै ठूला नोट अब नचल्ने नै हुन त ? केही दिनदेखि नेपाली ५ सय र एक हजारका नोट नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाउँदै छ भन्ने हल्का भुसको आगो सरी फैलाइएको छ ।
यसले धेरैलाई अन्योलमा पारेको छ । त्यसो त भारतमा मोदी सरकारले यस प्रकृतिको प्रतिब’न्ध आफ्नो देशमा लगाइसकेको छ । कालो धन नियन्त्रण गर्न प्रभावकारी मानिने यो कदम त्यति सहज भने छैन ।
नेपाल सरकारले कालान्तरमा यस प्रकारको कदम चाल्न त सक्छ तर त्यो कुराको सुइँको कसैले पनि पाउने छैन । विभिन्न राष्ट्रहरुले भ्र’ष्टाचार तथा
कालोध’न निर्मुल गर्न भन्दै नोटबन्दीको निर्णय गर्ने गरेका उदहारण छन् । २३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५०० र हजार दरमा नोट प्रतिबन्धित गर्ने निर्णय गरेको थियो ।
भारतमा नोट बन्दी हुँदा केबल ३ जनालाई मात्र थाहा थियो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी भारतले गरेको नोटबन्दीको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।
७ करोड रुपैयाँ भारु नसाटिएर अहिले पनि केन्द्रीय बैंकको ढुकुटीमा थन्किएको छ । त्यस्तै, अहिले लगानी योग्य रकम अभाव भएको र कतै
कालोधन लुकाइएको छ कि भन्ने आशंकामा ठुला नोट नचल्ने विषय सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्ने आंकलन गरिएको छ ।
नेपालमा नोटबन्दी हुने भन्दै हल्ला कसले कहाँबाट कसरी चलायो भन्ने प्रष्ट छैन । यता, नेपाल राष्ट्र बैंकले यस विषयमा कहीं कतै छलफल समेत
नभएको बताउँदै यो विषय जानकारी गराएर गर्ने कुरा समेत नभएको बताएको छ । साथै उसले यस्ता हल्ला बाट अतालिनु भन्दा आफु सँग भएको
रकम बैंक खातामा जम्मा गरे सुरक्षित भइने प्रतिक्रया दिएको छ । नोटबन्दी गर्नुपर्ने विषयमा विज्ञ भने सकारात्क छन् । भ्र’ष्टाचार नियन्त्रण र कालो धन
बैंकीङ् प्रणालीमा ल्याउन नोट बन्दी अत्यावस्यक भएको उनीहरुको भनाई छ । साथै डिजिटल युगमा क्यासलेसको कुरा चलिरहदा नोट बन्दी प्रभावकारि हुने बिज्ञको तर्क छ ।
विश्वको इतिहाँसमा भारत पछि कतार सरकारले पनि १ जुलाई २०२१ देखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय
गरेको थियो । त्यसअघि म्यानमार सरकारले नोटबन्दी गरेको थियो । तर, धेरैजसो देशमा यसले चर्चा गरिएजस्तो नतिजा भने दिएको छैन ।
यसमा नेपाल सरकारले कस्तो निर्णय गर्ला त्यो समय ले बताउला तर, सामाजिक संजालमा चलेको हल्ला अनुरुप सरकारले निर्णय भने पक्कै लिने छैन ।
सरकारले नोट बन्दीको कुरामा एका एक हल्ला नगरी निर्णय लिने कुरामा दुईमत छैन ।
























