एमालेमा ओलिले गरे ठुलै नेतालाई प्रवेश, नेता कार्यकर्ता सबै चकित !

काठमाडौं –

वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।

एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले राम्रो मान्छेलाई टिकाएर राख्न नसकेको बताए । 

‘जसपाबाट मैले छोड्ने कारणहरु छन् । त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन’ उनले भने ।

जसपाले अहिले पनि जातिवादकै राजनीति गरिरहेको मेयर सरावगीले टिप्पणी गरे ।

‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ । जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिदैन । राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्छ’ उनले भने ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका मेयर सरावगी अन्तिममा एमाले प्रवेश गरे । उनले पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले प्रवेश गरेको पनि खुलाए ।

‘म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ । तर पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो’ उनले भने, ‘त्यसपछि एमालेमा आएँ ।’

एमाले अध्यक्ष ओलीसँग आफू सुरुदेखि नै प्रभावित भएको भन्दै मेयर सरावगीले उनले जत्तिको बोल्ड डिसिजन गर्न सक्ने नेता अरु नभएको बताए । ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ’ उनले भने ।

यो पनि : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल एमालेप्रति ख’निएका छन् । एमाले र उसका नेता

कार्यकर्ता भ्रा’मक प्रचार गर्न अभ्यस्त रहेको बताउँदै प्रचण्डले कर्णालीको कार्यक्रममा पनि त्यस्तै प्रचार भएको बताए । 

शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्र’हार भएको भ्रा’मक खबर शुक्रबार फैलिएको थियो ।

त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् । प्रचण्डले भने–’कमरेड मनऋषिले देखाउनु भयो एउटा समाचार, काठमाडौंमा अहिले त्यो भाइरल भएको छ रे ! 

कर्णालीमा प्रशिक्षण सिटी हलमा भएको थियो–त्यो ठाउँमा प्रचण्डमाथि ढुंगा प्र’हार भयो । प्रचण्डको चस्मा फु’ट्यो । त्यहाँ असफल भयो भनेर प्रचार गरेका रहेछन् ।

हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त त्यो हाँसो उठ्दो कुरा भयो । त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ ।

तर, बुझ्दा के देखियो भने एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झू’टो प्रचार गरेर पनि बाहिर केही भ्र’म दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ ।’

प्रचण्डले प्रतिक्रियावादी र अवसरवादीहरु जहिले पनि माओवादी आन्दोलन, माओवादी केन्द्र र यसको नेतृत्व उनीहरुका लागि चुनौति भएको बताए ।

त्यही कारण झु’टो प्रचार र बे’इमानी गर्नु उनीहरुको दिनचर्या बनेको प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...