चुनावमा एमालेलाई सोत्तर पार्न प्रचण्डले सुनाए नयाँ प्रस्ताव,कांग्रेसमा छायो खुसियाली !

काठमाडौं –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावि गठबन्धनका लागि नयाँ प्रस्ताव अगाडि सारेका छन् ।

एमसीसी पारित गरेर सत्ता गठबन्धन जोगाउन सकिएकोमा खुशी भएका प्रचण्डले अर्को विजयका लागि नयाँ प्रस्ताव पेश गरेका हुन् ।

प्रचण्डले गठबन्धन कायमै राख्दा स्थानीय तह चुनावमा दोस्रो बन्ने आँकलन सुनाएपछि केन्द्रिय समिति बैठकमा खुशीयाली छाएको छ ।

राष्ट्रिय सभागृहमा शुरु भएको बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले कांग्रेससँग गठबन्धन गरेर जाँदा एमालेभन्दा ठुलो बन्ने दावी गरेका हुन् ।

कांग्रेसको जनमत विभाजित नभएकाले पहिलो बन्ने अवस्था नरहे पनि एमालेको तिकडम रोक्न सक्दा दोस्रो बन्ने रिपोर्ट प्राप्त भएको प्रचण्डले बताए ।

केन्द्रिय कमिटि बैठकमा अध्यक्ष प्रचण्डले स्थानिय तहमा विगतमा जुन पार्टीले जितेको हो उसैलाई सघाएर एमालेले जितेका स्थानिय तहमा तालमेल गर्ने प्रस्ताव सत्ता गठबन्धनमा राखेको जानकारी दिएको एक केन्द्रिय सदस्यले बताए ।

तर गठबन्धन प्रति कांग्रेसभित्र एकमत नरहेको प्रण्डले बताएका छन् । बिहिबारको बैठकमा पनि प्रचण्ड र माधव नेपालले स्थानीय तहमा

गठबन्धनको माडालिटिबारे कुरा उठाउँदा प्रधानमन्त्रि तथा कांग्रेस सभापति शेर बहादुर देउवाले बिषयमा प्रवेश नगरेको बताइएको छ ।

कांग्रेसलाई चुनावी गठबन्धनमा ल्याउने विश्वास प्रचण्डले व्यक्त गरेको छन् । माओवादी अध्यक्ष प्रचण्डले बैशाख ३० मा हुने स्थानीय चुनावमा आमरुपमै सत्ता गठबन्धन मिलेर जाने प्रस्थाव राखेका छन् ।

उनको प्रस्तावमा माधव नेपाल र उपेन्द्र यादवले पनि साथ दिएका छन् । उनीहरुले गठबन्धनको नितिगत निर्णय र भागबन्डा समेत केन्द्रबाटै हुनुपर्ने बताएका छन् ।

काँग्रेस सहमत भइनसकेको गठबन्धनको मोडालिडि अनुसार प्रचण्डले विगतमा कांग्रेस र माओवादी तथा जसपाले जितिेका स्थानीय तहमा गडबन्धनका दलले सोहि दललाई सघाउने भन्नेछ ।

नेकपा एसमा लागेका जनप्रतिनिधलाई गठबन्धले सघाउने प्रस्ताव राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा २९४ स्थानीय तहमा

प्रमुख र ३३३ स्थानीय तहमा उपप्रमुख जितेर पहिलो बनेको एमालेलाई यसपटक रोक्नका लागि उसले जितेका ठाउँमा गठबन्धन गर्ने प्रचण्डको प्रस्ताव छ ।

माओवादी बैठकमा उनले सुनाए अनुसार एमालले जितेको स्थानीय तहमानिकटम प्रतिद्ध’न्द्धि जुन दल थियो उसलाई प्रमुख र तेस्रोलाई उपप्रमुख दिएर गठबन्धन गर्न सकिन्छ ।

त्यसो हुँदा एमालेलाई परास्त गरेर माओवादी दोस्रो दल बन्ने आँकलन प्रचण्डको छ । प्रचण्डको यो प्रस्ताव सुनेपछि प्रधानमन्त्रि देउवा प्रसन्न भएको बालुवाटार श्रोतको भनाई छ ।

एक्लै चुनावमा जाँदा बढि फाईदा हुन्छकी गठबन्धन बनाएर जाँदा फाईदा हुन्छ । त्यसको विश्लेषण गरेर देउवाले पनि रणनिति बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...